+
+
Shares

धनुषामा २० वर्षीय युवकको घाँटी रेटेर हत्या

घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १४ गते २०:२९

१४ फागुन, जनकपुरधाम । धनुषामा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

धनुषाको औरही गाउँपालिका वडा नं ६ स्थित खेतमा दुवै हात पछाडि गम्छाले बाँधिएको र घाँटी रेटेर हत्या गरेको अवस्थामा युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक हंसपुर नगरपालिका-९ रुदौलीका २० वर्षीय सुमित मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमले जानकारी दिए ।

बिहीबार अपराह्न ४ बजेतिर घटनाबारे प्रहरीले जानकारी पाएको थियो । परिवारजनका अनुसार बुधबार साँझ सुनिल मोटरसाइकल लिएर घरबाट निस्केका थिए ।

घटनाको प्रकृति हेर्दा बुधबार राति नै उनको हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?