News Summary
Generated by OK AI. Editorially reviewed.- लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा १-१ को बराबरी खेलेका छन्।
- लालिगुराँसका सरोज गुरुङले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।
- फ्रेन्ड्सका जेनिश प्रजापतिले ७६औं मिनेटमा बराबरी गोल गरे।
१५ फागुन, काठमाडौं । लालिगुराँस एसोसिएसन र फ्रेन्ड्स क्लबले राष्ट्रिय लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको दोस्रो खेलमा कास्कीको लालिगुराँस र ललितपुरको फ्रेन्ड्सले १-१ को बराबरी खेलेका हुन् ।
खेलमा अग्रता भने लालिगुराँसले लिएको थियो । सरोज गुरुङले २६औं मिनेटमा गोल गर्दै लालिगुराँसलाई पहिलो हाफमा अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा फ्रेन्ड्सले गोल फर्कायो । फ्रेन्ड्सका लागि जेनिश प्रजापतिले ७६औं मिनेटमा बराबरी गोल गरे ।
बराबरीपछि लालिगुराँसले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ८ खेलसम्म अपराजित रहेको लालिगुराँस १८ अंक जोडेर दोस्रो स्थानमा छ ।
समान खेलबाट ६ अंकसहित फ्रेन्ड्स १३औं स्थानमा छ ।
प्रतिक्रिया 4