१६ फागुन, काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनका लागि प्रचार प्रसारको समय सकिन अब तीन दिनमात्र बाँकी रहेका बेलामा नेपाली कांग्रेसका पदाधिकारीको दौडधूप बढेको छ ।
विशेषगरी कांग्रेस सभापति गगनकुमार थापा तथा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुषाल गौतमको दौडधूप केही दिनदेखि बढेको हो ।
सो क्रममा उपसभापति भुषालले आज शनिबार दुई जिल्लाको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नवलपुर र पाल्पाको चुनावी सभालाई सम्बोधन गर्ने पार्टीले जनाएको छ ।
नवलपुरको जलजलेमा बिहान ११.३० बजे चुनावी सभा हुँदैछ । यस्तै पाल्पाको रामपुरमा आजै साँझ ५.३० बजेट चुनावी सभालाई सम्बोधन गर्ने उपसभापति भुषालले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4