प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ र एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गर्न पाइँदैन।
- निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटकभन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिवाना हुनेछ।
- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ।
१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि २१ फागुनमा मतदान हुँदैछ । कसैले पनि एउटै निर्वाचनका लागि एकभन्दा बढी पटक मतदान गर्न हुँदैन ।
निर्वाचन आयोगका अनुसार एक व्यक्तिले एकपटक भन्दा बढी मतदान गरे २५ हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।
निर्वाचन आयोगले यी लगायत निर्वाचन आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरूलाई निर्देशन दिएको छ ।
आयोगले सोमबार विज्ञप्ति निकालेर यस्तो जानकारी दिएको हो ।
आचारसंहितामा प्रचारप्रसार निषेध अवधिमा सभा, सम्मेलन, अन्तरक्रिया निषेध गरिएको छ ।
कुनै पनि माध्यम वा तरिकाबाट गरिने निर्वाचन प्रचारलाई समेत सो अवधिमा निषेध गरिएको छ ।
सञ्चार माध्यहरूले समेत कुनै पनि दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था आचारसंहिताले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4