+
+
Shares

धनुषामा सुरक्षा व्यवस्था कडा, ८ हजार सुरक्षाकर्मी परिचालन

उनका अनुसार जिल्लाको कुनै पनि ठाउँमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अन्य सुरक्षा फोर्सहरू पुग्ने गरी प्रभावकारी सुरक्षा योजना मिलाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १९ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषामा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।
  • जनकपुर विमानस्थलको सुरक्षाको जिम्मा १६ फागुनदेखि नेपाली सेनाले लिएको छ।
  • प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र सुरक्षा फोर्स पुग्ने व्यवस्था मिलाइएको बताए।

१९ फागुन, जनकपुरधाम । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर धनुषाको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनकपुर विमानस्थल गत १६ फागुनदेखि नेपाली सेनाको सुरक्षाको जिम्मा लगाइएको छ ।

त्यसैगरी नेपाल भारत सीमा क्षेत्रमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल लगायत सुरक्षा निकायका प्रतिनिधिहरूले अनुगमन गरेका छन् ।

धनुषाको चारवटै निर्वाचन क्षेत्रमा ८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी गरी ८ हजार बढी सुरक्षाकर्मी परचालन गरिएको प्रजिअ लुइँटेलले बताए ।

उनका अनुसार जिल्लाको कुनै पनि ठाउँमा निर्वाचन विरोधी गतिविधि भए सात मिनेटभित्र अन्य सुरक्षा फोर्सहरू पुग्ने गरी प्रभावकारी सुरक्षा योजना मिलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?