+
+
Shares

कस्तो छ मतदान हुने दिनको मौसम ?

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २० गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन बिहीबार मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए।
  • पौडेलले मतदानको दिन वर्षा वा हिमपातको सम्भावना नरहेको र विशेष बुलेटिन जारी गरिएको जानकारी दिनुभयो।
  • बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागमा आशिंक बादल लाग्नसक्ने भए पनि मतदानमा असर नपर्ने उहाँले खुलाउनुभयो।

२० फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्यको मतदान हुने दिन बिहीबार मौसम सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले मतदान प्रक्रिया प्रभावित हुनेगरी वर्षा वा हिमपातको सम्भावना नरहेको बताए ।

उनले तथ्याङ्कमा आधारित पूर्वानुमानलाई परिमार्जन गर्दै विभागले एक हप्तासम्मको यथार्थपरक पूर्वानुमान गरिरहेको र सोहीअनुसार विशेष बुलेटिन जारी गरिएको र नियमित अपडेट दिइरहेको बताए ।

लामो समयसम्म पानी नपरेको कारण मुलुकका पहाडी क्षेत्रमा बादल देखिए पनि तत्काल पानी पर्ने सम्भावना तथा हिमपातको सम्भावना भने नरहेको उनको भनाइ छ ।

उनकाअनसार मतदानको दिन बिहीबार बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । उनले मुलुकका पहाडी भू-भागमा बादल लागिहाले पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।

‘अहिले हामीले निर्वाचनको लागि भनेर विशेष बुलेटिन पनि जारी गरिरहेका छौँ । हामी एक हप्ता अगाडिदेखि नै विशेष बुलेटिनको साथै नियमित अपडेट पनि जारी गरिरहेका छौं । हामीले हेर्दाखेरी निर्वाचनको दिन पानी पर्ने सम्भावना छैन’, वरिष्ठ मौसमविद् पौडेलले भने, ‘मतदानको दिन मौसम राम्रो नै रहन्छ । यद्यपि वागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागहरुमा आशिंक बादल लाग्नसक्ने देखिन्छ । र, बादलसँगै तुवाँलो पनि छ यसमा किनभने वर्षा नभएको लामो समय भयो । त्यो तुवाँलो पनि थुप्रिएको छ । त्यसकारण निर्वाचन प्रभावित हुनेगरी वर्षा, भारी वर्षा वा हिमपात त्यस्तो केही सम्भावना छैन ।’

आउँदो शनिबारसम्मको सौसम सफा नै रहने पौडेलको भनाइ छ ।

May be an image of text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?