२० फागुन, काठमाडौं । भोलि (बिहीबार) हुने प्रतिनिधिसभा निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्मका लागि मतदानको समय छुट्याइएको छ । त्यस्तै गृहमन्त्रालयले पनि बुधबार नै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरेर निर्वाचन सुरक्षालगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जानकारी दिएको थियो ।
निर्वाचनका लागि सबै जिल्लाका सबै मतदान स्थल/केन्द्र तयारी अवस्थामा रहेको कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आज विभिन्न मतदान स्थलमा मतदानका लागि सहजीकरण हुने गरी ठाउँहरू पनि तयार पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4