+
+
Shares

उत्तेजनाको राजनीतिले गन्तव्यमा पुर्‍याउँदैनः गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १०:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनका लागि उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले गन्तव्यमा नपुर्याउने बताउनुभयो।
  • थापाले भ्रष्टाचार अन्त्यका लागि सुशासनप्रति प्रतिबद्ध दृष्टिकोण र सुझबुझ सहितको सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो।
  • उहाँले निर्वाचन आयोग र सरकारलाई निर्वाचन आयोजनाका लागि आभार व्यक्त गर्नुभएको छ र सर्लाही–४ बाट उम्मेदवारी दिनुभएको छ।

२१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उत्तेजना, घृणा, प्रतिशोध र निषेधको राजनीतिले सुशासनको गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।

काठमाडौं–४ अन्तर्गतको मैतीदेवी मन्दरि मतदान केन्द्रमा बिहीबार मतदान गरे लगत्तै सभापति थापाले भने, ‘सुशासन आजको सबैभन्दा ठूलो मुद्दा हो । तर उत्तेजना, घृणा, प्रतिशोध र निशेषधको राजनीतिले सुशासनको गन्तव्यमा पुरयाउँदैन ।’

भ्रष्टाचार अन्त्यका लागि सुशासनप्रति प्रतिबद्ध दृष्टिकोण आवश्यक भएको थापाको भनाइ छ । उनले भने, ‘सुझबुझ सहितको सुधारको आवश्यकता छ ।’

निर्वाचन आयोजनाका लागि उनले निर्वाचन आयोग र सरकारलाई आभार व्यक्त गरे । सभापति थापाले सर्लाही–४ बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?