२१ फागुन, हेटाैंडा । मकवानपुरमा बिहीबार दिउँसो ३ बजेसम्म करिब ५२ प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्लाका १ सय ६७ मतदान स्थलअन्तर्गत रहेका ३ सय ७४ मतदान केन्द्रमा मतदान जारी छ ।
मतदान गर्ने समय दुई घण्टा (५ बजेसम्म) बाँकी रहँदा ५२ प्रतिशत मत खसेकाे उनले बताए । यसअघि दिउँसाे १ बजेसम्म ३० प्रतिशत मात्रै मतदान भएकाे थियाे ।
जिल्लाका सबै केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको प्रमुख ढकालले बताए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा कुल ३ लाख १५ हजार ३ सय ३४ जना मतदाता छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ५८ हजार ४ सय ३५ र क्षेत्र नम्बर २ मा एक लाख ५६ हजार ८ सय ९९ मतदाता छन् । महिला एकलाख ५३ हजार ३ सय ७६, पुरुष एकलाख ६१ हजार ९ सय ५३ पुरुष र पाँच जना अन्य मतदाता छन् ।
प्रतिक्रिया 4