२२ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पाका ४१ मतदान केन्द्रका मतपेटिका सदरमुकाम दुनैस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ।
जिल्लाका कुल ७० मतदान केन्द्रमध्ये ४१ केन्द्रको मतपेटिका कार्यालयमा आइपुगेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी टोपेन्द्र बुढामगरका अनुसार अझै २९ मतदान केन्द्रका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छैन ।
प्रशासनका अनुसार माथिल्लो डोल्पाका २३ मतदान केन्द्र र जगदुल्ला गाउँपालिकाका ६ मतदान केन्द्रका मतपेटिका आउन बाँकी छन् ।
माथिल्लो डोल्पाका २३ मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने तयारी गरिएको छ भने जगदुल्ला गाउँपालिकाका ६ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउने प्रक्रिया अघि बढाइएको प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4