+
+
Shares

सुरुवाती मतगणनामा पछि परे पृथ्वीसुब्बा गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लमजुङको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका गमप्रसाद गुरुङले नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङलाई ५९ मतले पछि पारेका छन्।
  • गमप्रसादले १ सय ७७ मत पाएका छन् भने पृथ्वीसुब्बाले १ सय १८ मत प्राप्त गरेका छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसीले १ सय १० र नेकपाका हरिजंग तामाङले ३४ मत पाएका छन्।

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत लमजुङको सुरुवाती मतगणनामा नेकपा एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ पछि परेका छन् ।

उनलाई नेपाली कांग्रेसबाट उम्मेदवार गमप्रसाद गुरुङले ५९ मतले पछि पारेका हुन् । गमप्रसादले १ सय ७७ र पृथ्वीसुब्बाले १ सय १८ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका धर्म केसीले १ सय १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार बनेका हरिजंग तामाङले ३४ मत पाएका छन् ।

१ लाख ३७ हजार मतदाता रहेको उक्त क्षेत्रमा ७५ हजार २५ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?