२४ फागुन, काठमाडौं । नारी दिवस २०२६ को अवसरमा ‘वमन सर्जन्स अफ नेपाल’ले काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उपस्थित ४० भन्दा बढी महिला शल्यचिकित्सकहरूले आफ्नो अनुभव सुनाएका थिए ।
यो संस्थालाई संस्थागत गर्न गरेको मेहनतबारे कार्यसमिति सदस्यहरूले प्रष्ट पारेका थिए । उक्त कार्यक्रम मा केही चिकित्सकहरूले नृत्य र गायन पनि प्रस्तुत गरेका थिए ।
यसै अवसरमा संस्थाको वार्षिक साधारण सभा पनि सम्पन्न भएको थियो । साधारण सभाबाट निम्न पदाधिकारीहरू निर्विरोध चयन भएका छन् ।
अध्यक्ष : प्रा. डा. पलेस्वाँ जोशी लाखे
महासचिव : डा. क्षतेन योञ्जन तामाङ
कोषाध्यक्ष : डा. सुजिता हिराचन
सदस्य : डा. माया भट्टाचन
सदस्य : डा. नम्रता खड्का
साथै उक्त कार्यक्रममा डा. प्रतिभा धौबडेलको स्मृतिमा उनको परिवारले स्थापना गरेको ‘डा. प्रतिभा धौबडेल मेमोरियल स्कलरशिप’ वितरण गरिएको थियो। उक्त छात्रवृत्ति प्राप्त गर्ने चिकित्सकहरू निम्नअनुसार रहेकाछन् ।
डा. ईशा दाहाल, डा. दक्षता शाक्य, डा. रश्मी पुडासैनी, डा. सीमा परवीन, डा. सृजना न्यौपाने, डा. उरूषा पाठक, डा. निहारिका मालेगो, डा. शिवानी पाख्रिन, उहाँहरूले जनही ५० हजार रुपैयाँ छात्रवृत्ति प्राप्त गर्नुभएको थियो । स्व डा. प्रतिभा धौबडेलको परिवारको समेत उपस्थिमा यो छात्रवृत्ति हस्तान्तरण गरिएको थियो।
यो छात्रवृत्ति यस वर्ष पहिलो पटक प्रदान गरिएको हो । साथै, जनरल सर्जरी अध्ययनरत महिला चिकित्सकहरू मध्यबाट चयन गरी अब देखि नियमित रूपमा यो छात्रवृत्ति प्रदान गरिने संस्थाका अध्यक्ष प्रोफेसर डा. पलेस्वाँ जोशी लाखेले जानकारी दिइन् ।
प्रतिक्रिया 4