+
+
Shares

जुम्लामा विनिता कठायतसहित ६ जना उम्मेदवारको जमानत जफत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २५ गते १४:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जुम्लामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६ जना उम्मेदवारको जमानत जफत भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी विनिता कठायतले ४२१ मत मात्र पाउँदा जमानत जफत भएकी छिन्।
  • जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन्।

२५ फागुन, जुम्ला । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ ।

एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए।

खसेको सदर मतको १० प्रतिशत ल्याउन नसक्दा देशभरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जनलहर चले पनि जुम्लामा विनिता कठायतले जम्मा ४२१ मत मात्र प्राप्त गरेपछि उनको जमानत जफत भएको छ ।

त्यसैगरी प्रगतिशील लोकतान्त्रिक पार्टीका मनऋषि धिताल (११२ मत), नेमकिपाका विर्षबहादुर रावत (४०० मत), नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बिर्ख शाही (७१ मत) र नेपाल जनता पार्टीका रनील विक्रम शाही (४३ मत) लगायतले जमानत जोगाउन सकेनन् । स्वतन्त्र उम्मेदवार भक्तबहादुर रावलको समेत जमानत जफत भएको छ।

उम्मेदवारहरूले कानुन बमोजिम निर्वाचन कार्यालयमा दाखिला गरेको धरौटी रकम गुमाएका छन् । खसेको सदर मतको १० प्रतिशत प्राप्त नगरेमा जमानत जफत हुने कानुनी व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलले बताए।

जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले १४ हजार ८१६ मत ल्याएर निर्वाचित भएका छन् । दोस्रोमा नेकपाका उम्मेदवार नरेश भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन्।

यसैगरी नेकपा (एमाले)का शान्तिलाल महतले ४ हजार ५१८ मत, नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

जम्मा खसेको कुल मतमध्ये १ हजार ७२४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ।

समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको थियो। जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?