+
+
Shares

सप्तरी-३ : भतिजले जित्दा काका चौथो नम्बरमा

रास्वपाका अमरकान्त एमालेका उम्मेदवार ताराकान्त चौधरीका भतिज हुन् । अमरकान्तले आफ्नै काकालाई मात्र पराजित गरेनन्, हेभिवेट नेता जसपा नेपालका अध्यक्ष यादवको संसद्‌ छिर्ने बाटो समेत रोके ।

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८२ फागुन २५ गते १५:१३
बायाँबाट क्रमशः अमरकान्त चौधरी (भतिज) र ताराकान्त चौधरी (काका)

२५ फागुन, सप्तरी । सप्तरी क्षेत्र नम्बर-३ को प्रतिनिधिसभा सदस्यमा एकै परिवारका काका–भतिज निर्वाचन लडेका थिए । निर्वाचनमा भतिजले जित निकालेका छन् भने काका पराजित भएका छन् ।

काका-भतिजको टक्करमा चुनाव जित्ने दाउमा रहेका जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवसमेत पराजित भएका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले बाजी मारेका हुन् । अमरकान्त नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीका भतिज हुन् । अमरकान्तले आफ्नै काकालाई मात्र पराजित गरेनन्, हेभिवेट नेता जसपा नेपालका अध्यक्ष यादवको संसद्‌ छिर्ने बाटो समेत रोके ।

सप्तरी-३ मा रास्वपाका अमरकान्त ३२ हजार ८७५ मत ल्याएर निर्वाचित भएका छन् । जसपा नेपालका अध्यक्ष यादव १५ हजार २३९ मत ल्याएर दोस्रो हुँदा नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८ मत ल्याएर तेस्रो भएका छन् ।

उपेन्द्र यादव
उपेन्द्र यादव

निर्वाचन जितेका अमरकान्तका काका ताराकान्त ६ हजार ७१५ मत ल्याएर चौथो स्थानमा रहे । जनमत पार्टीका सुरेन्द्रप्रसाद शर्मा दुई हजार ८६९ सहित पाँचौ, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार एक हजार ६३५ मतसहित छैठौं भए ।

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार उम्देश्वरप्रसाद साह ५५६ सहित सातौं, उज्यालो नेपाल पार्टीका परमेश्वर लाल साह २१२ मतसहित आठौं, आम जनता पार्टीका धनिकलाल चौधरी १८८ मतसहित नवौं र नेपाल जनता पार्टीका सन्तोषकुमार चमन १६८ मतसहित दशौं स्थानमा रहे ।

दिनेशकुमार यादव
दिनेशकुमार यादव

निर्वाचित भएका अमरकान्त चौधरी २०७९ को स्थानीय तहको निर्वाचनमा आफ्‌नो गृहनगर डाक्नेश्वरी नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका थिए । तर जित्न सकेनन् ।

अमरकान्तका पिता चन्द्रकान्त पनि राजनीतिज्ञ थिए । उनको गत पुसको अन्तिम साता निधन भइसकेको छ । स्व. चन्द्रकान्त २०७४ को निर्वाचनमा सप्तरी ३ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए ।

आफ्‌नो भतिजसँग यस पटक हार बेहोरेका ताराकान्त २०७० सालको संविधानसभा निर्वाचनमा एमालेबाटै सप्तरी-३ मा निर्वाचित भएका थिए । २०७४ मा भने आफ्‌नै दाजु चन्द्रकान्तसँग ताराकान्त पराजित भएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?