News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँ थियो र विगत एक सातामा ९ हजार ६ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ बुधबार स्थिर रहँदै प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
२७ फागुन, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १९ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
विगत एक सातामा सुनको भाउ तोलामा ९ हजार ६ सय रुपैयाँ घटेको हो । यसअघि फागुन १९ गते सुनको भाउ तोलामा ३ लाख २८ हजार ६ सय रुपैयाँ थियो । माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
आज चाँदीको भाउ स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4