+
+
Shares

इरान जापानी जहाजलाई होर्मुज स्ट्रेटको मार्ग दिन तयार

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ७ गते १२:३९
इरानका विदेशमन्त्री अब्बास अरागची ।

७ चैत, काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेटको मार्ग भएर जापानसँग सम्बन्धित जहाजहरूको आवागमनमा अनुमति दिन तयार रहेको बताएका छन् ।

उनले जापानको ‘क्योडो न्युज’ सँग इरान होर्मुज स्ट्रेट भएर जापानसँग सम्बन्धित जहाजहरूको आवत–जावतका लागि अनुमति दिन तयार रहेको बताएका हुन् ।

‘क्योडो न्युज’ अनुसार अरागचीले प्रतिबन्ध अस्थायी रूपले हटाउने उद्देश्यले जापानी पक्षसँग पहिलेबाट नै कुराकानी सुरू भइसकेको बताएका छन् र

अरागचीको भनाइपछि जापान सरकारका एक अधिकारीले ‘क्योडो न्युज’ सँगको प्रतिक्रियामा भनेका छन्, ‘प्रतिबन्ध हटाउने सबैभन्दा प्रभावकारी तरिका इरानी पक्षका साथ सोझो कुराकानी गर्नु हो ।’

समाचार अनुसार ती अधिकारीले अमेरिकाको उक्साहटबाट जोगिनका लागि अत्यधिक सावधानी अपनाउनु पर्नेमा पनि जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?