+

भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

२०८२ चैत  १० गते १९:०० २०८२ चैत १० गते १९:००
भारतमा इच्छामृत्यबाट मृत्युवरण गर्ने पहिलो व्यक्ति बने हरिश राणा

भारतमा निक्रिय इच्छामृत्यु( प्यासिभ यूथेनेशिया) को अनुमति पाउने पहिलो व्यक्ति हरिश राणा बनेका छन् । मंगलबार अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उनको मृत्यु भएको छ ।

२०१३ मा हरियाणास्थित एक भवनको ४ तलाबाट खसेपछि हरिश कोमामा गएका थिए । उनलाई जीवन रक्षक प्राणालीको सहायतामा राखिएको थियो ।

भारतको सर्वाेच्च अदालतले उनको हकमा यही मार्च ११ मा इच्छामृत्युको अनुमति दिएको थियो ।

निष्क्रिय इच्छामृत्युमा बिरामी गम्भीर भएको वा निको हुने सम्भावना नभएको अवस्थामा जीवन–समर्थन उपचार रोक्ने वा फिर्ता लिने अनुमति समावेश छ । यसो हुँदा बिरामीको प्राकृतिक मृत्यु हुन्छ ।

हरिशको परिवारले लामो समयदेखि इच्छामृत्युको मुद्दालाई उठाउँदै आएको थियो । मस्तिष्कमा भएको क्षतिमा कुनै सुधार नभएपछि उनको अवस्था स्थिर थियो । जिउँदै मरेसरह भएका आफ्ना छोरालाई पीडामा स्थायीरूपमा मुक्ति दिन चाहेको भन्दै उनीहरुले अदालत समक्ष माग गरेका थिए ।

आफ्नो फैसलामा, अदालतले हरिश राणालाई आफ्नो प्यालेटिभ केयरम भर्ना गर्न र चिकित्सा उपचार फिर्ता लिन वा रोक्नको लागि कदम चाल्न एम्स अस्पताललाई निर्देशन दिएको थियो ।

गाजिवाबादस्थित घरमा रहेका उनलाई १४ मार्चमा अस्तपाल भर्ना गरिएको थियो । जीवन रक्षक प्राणाली हटाएपछि मंगलबार उनको मृत्यु भएको भारतीय समाचार एजेन्सी पीटीआईले खबर दिएको छ ।

राणा हरिश
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय