+
+
Shares

बालेनको गीतले तोड्ला प्रकाश सपुतको रेकर्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १३:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बालेनको नयाँ गीत ‘जय महाकाली’ले २४ घण्टामा ३७ लाख ४३ हजार ८१७ पटक हेरिएर युट्युबमा सर्वाधिक भ्यूजको नेपाली गीत बन्यो।
  • बालेनको यो गीत छिटो ५० लाख भ्यूज पाउने पहिलो नेपाली गीतमध्ये एक बनेको छ ।

काठमाडौं । बालेनको नयाँ गीत ‘जय महाकाली’ ले यतिबेला युट्युबमा धमाका मच्चाइरहेको छ । रिलिजको केही घण्टा र दिनमै यसले केही रेकर्ड रचेको छ ।

पहिलो- यो गीत २४ घण्टामा युट्युबमा सर्वाधिक पटक हेरिने नेपाली गीत बन्यो । २४ घण्टाभित्रै यसलाई ३७ लाख ४३ हजार ८१७ पटक हेरिएको छ । यसले दुर्गेश थापाको २४ घण्टामा १६ लाख ३६ हजार भ्यूजको रेकर्ड तोडेको थियो ।

बालेनको यो गीत छिटो ५० लाख भ्यूज पाउने पहिलो नेपाली गीतमध्ये एक बनेको छ । ३ दिनमै यसले उक्त भ्यूज पायो ।

अब, यो गीतसामु सबैभन्दा छिटो १ करोड भ्यूज पाउने कीर्तिमान बनाउनुपर्नेछ । यसका लागि उसले प्रकाश सपुतको नाममा रहेको रेकर्डलाई उछिन्नुपर्नेछ ।

सपुतको गीत ‘सकम्बरी’ ले युट्युबमा ७ दिनमै १ करोड भ्यूजको रेकर्ड राखेको थियो । रिलिजको बेला निकै विवादित बनेको यो गीतको भ्यूज रफ्तार आक्रामक देखिन्थ्यो ।

यतिबेला इन्टरनेटमा पनि बालेनको क्रेज उत्तिकै छ । यस्तोमा, के अब बालेनको गीतले सपुतको उक्त गीतको रेकर्डलाई उछिन्ला ? यो चुनौतीपूर्ण देखिन्छ । यद्यपि, यसका लागि केही दिन प्रतीक्षा गर्नुपर्नेछ । प्रधानमन्त्रीको सपथ लिनुअघि बालेनले आफ्नो युट्युब च्यानलबाट गीत ल्याएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?