News Summary
Generated by OK AI. Editorially reviewed.- चार पटकको विश्व विजेता इटली सन् २०२६ को फिफा विश्वकपमा छनोट हुन असफल भएको छ ।
- इटली बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएपछि लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन ।
- बोस्निया एण्ड हर्जगोभिनाले १४ वर्षपछि विश्वकपमा स्थान बनाएको छ ।
१८ चैत, काठमाडौं । चार पटकको विश्व विजेता इटली फेरि फिफा विश्वकपमा छनोट हुन असफल भएको छ ।
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका लागि मंगलबार राति भएको युरोपियन प्लेअफमा बोस्निया हर्जगोभिनासँग पेनाल्टी सुटआउटमा ४-१ ले पराजित भएपछि इटली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन सकेन ।
इटली सन् २०१८ र २०२२ को विश्वकपमा पनि छनोट हुन असफल भएको थियो । इटलीले सन् २०१८ र २०२२ दुवै विश्वकपका लागि प्लेअफ चरणमै पराजित भएको थियो ।
बोस्नियाको स्टाडिओ बिलिनो पोल्जेमा भएको खेलमा इटलीले सुरुवाती तीन मध्ये दुई पेनाल्टी नै गोल गर्न नसकेपछि पराजित भयो ।
हारपछि इटलीका म्यानेजर गेनारो गटुसोले यसले हर्ट गर्ने यसलाई स्वीकार्न कठिन भएको प्रतिक्रिया दिए ।
निर्धारित समयमा इटलीले सुरुवाती अग्रता लिएपनि खेल १–१ को बराबरीमा सकियो । त्यसपछि नतिजाको टुङ्गो पेनाल्टी सुटआउटबाट लगाइयो ।
माइकल केनले १५औं मिनेटमा गोल गर्दै इटलीलाई अग्रता दिलाएका थिए । तर एलेसान्द्रो बास्टोनीले ४१औं रातो कार्ड सामना गरेपछि इटाली १० खेलाडीमा समेटियो ।
त्यसको फाइदा उठाउँदै बोस्नियाका लागि हरिस ताभाकोभिचजे ७९औं मिनेटमा बराबरी गोल फर्काए ।
४० वर्षी एडेन जेकोको कप्तानीमा रहेको बोस्निया एण्ड हर्जगोभिना भने समग्रमा दोस्रो र सन् २०१४ पछि पहिलो पटक फिफा विश्वकपमा छनोट भएको हो ।
१४ वर्षपछि विश्वकपमा स्थान भएको बोस्नियाले अब समूह बी मा क्यानाडा, कतार र स्विट्जल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4