+

कंगो ५२ वर्षपछि विश्वकपमा छनोट

२०८२ चैत  १८ गते ८:०४ २०८२ चैत १८ गते ८:०४
कंगो ५२ वर्षपछि विश्वकपमा छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिआर कंगोले ५२ वर्षपछि फिफा विश्वकपमा स्थान बनाएको छ ।
  • कंगोले जमैकालाई अतिरिक्त समयमा पराजित गर्दै पाँच दशकपछि विश्वकप खेल्ने भएको हो ।
  • कंगोले सन् १९७४ पछि विश्वकप खेल्नेछ र समूह के मा पोर्चुगल, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ।

१८ चैत, काठमाडौं । अफ्रिकी राष्ट्र डिआर कंगो ५२ वर्षपछि फिफा विश्वकपमा छनोट भएको छ ।

मंगलबार राति भएको अन्तरमहादेशीय प्लेअफमा क्यारेबियन राष्ट्र जमैकालाई १–० ले हराउँदै कंगोले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकपका छनोट भएको हो ।

कंगोकोलाई जित दिलाउन एक्सेल तुएन्जेबेले अतिरिक्त समयमा निर्णायक गोल गरे ।

उनले १००औं मिनेटमा गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए र त्यही गोल कंगोलाई पाँच दशकपछि विश्वकप पुर्‍याउन निर्णायक बन्यो ।

कंगोल समग्रमा दोस्रो पटक विश्वकपमा छनोट भएको हो । कंगोले सन् १९७४ मा पहिलो पटक विश्वकप खेलेको थियो ।

अब कंगोले फिफा विश्वकप २०२६ को समूह के पोर्चुगल, उज्वेकिस्तान र कोलम्बियासँग खेल्नेछ ।

 

फिफा विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय