१८ चैत, काठमाडौं । भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा. विश्वबन्धु बगालेले पाएका छन् । बालरोग विशेषज्ञ डा. बगाले स्वास्थ्य सेवा अन्तर्गत ११औँ तहमा कार्यरत छन् ।
यसभन्दा अगाडि भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीमा डा. कृष्ण प्रसाद पौडेल रहेका थिए । उनी १०औँ तहका कर्मचारी रहेका थिए ।
डा. बगाले गण्डकीको प्रदेशको स्वास्थ्य सचिव समेत भइसकेका छन् । दुई महिनाअघि डा. युवानिधि बसौलाले गण्डकी प्रदेश सचिवको जिम्मेवारी पाएपछि डा. बगालले स्वास्थ्य मन्त्रालयमा काजमा थिए ।
प्रतिक्रिया 4