+
+
Shares

विश्वभर १४०० करोड भारु पार गर्ने पहिलो बलिउड फिल्म बन्यो ‘धुरन्धर २’

दोस्रो सप्ताहन्तमा मात्रै फिल्मले भारतमा १७० करोड रुपैयाँ नेट कमाइ गर्दै भारतीय सिनेमाको इतिहासमै सबैभन्दा ठूलो दोस्रो सप्ताहन्त कमाइको रेकर्ड बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १८ गते १६:५४
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रणवीर सिंह अभिनित 'धुरन्धर : द रिभेन्ज' ले प्रदर्शनको १३औँ दिन भारतमा ८९९ करोड रुपैयाँ नेट कमाइ पुर्‍याएको छ।
  • 'धुरन्धर २' ले विश्वव्यापी बक्स अफिसमा १४३५ करोड भारु ग्रस कमाइ गरेको छ, जुन चीन बजार बाहेक कुनै हिन्दी फिल्मका लागि पहिलो हो।
  • फिल्मले दोस्रो सप्ताहन्तमा भारतमा १७० करोड रुपैयाँ नेट कमाइ गर्दै सबैभन्दा ठूलो दोस्रो सप्ताहन्त कमाइको रेकर्ड बनाएको छ।

मुम्बई । दोस्रो सातामा प्रवेश गरिसकेको भए पनि ‘धुरन्धर : द रिभेन्ज’ सँग अझै केही सरप्राइज बाँकी रहेको देखिन्छ । प्रदर्शनको १३औँ दिन मंगलबार फिल्मको घरेलु कमाइ पुनः उकालो लागेको छ ।

विदेशमा पनि फिल्मले स्थिर प्रदर्शन कायम राख्दै विश्वव्यापी बक्स अफिसमा १४०० करोड भारुको आँकडा पार गरेको छ, जुन चीन बजार बाहेक कुनै पनि बलिउड फिल्मका लागि पहिलो उपलब्धि हो ।

आदित्य धर निर्देशित स्पाइ-थ्रिलर फिल्मले प्रदर्शनको पहिलो साता नै विश्वभर १००० करोड भारुको आँकडा पार गरिसकेको थियो । पहिलो सप्ताहन्तमै फिल्मले सबै बक्स अफिस रेकर्ड तोड्दै सुरुआती तीन दिनमै १०० करोड भारुभन्दा बढी नेट कमाइ दर्ता गर्‍यो । यही लय दोस्रो सातासम्म पनि कायम छ ।

दोस्रो सप्ताहन्तमा मात्रै फिल्मले भारतमा १७० करोड रुपैयाँ नेट कमाइ गर्दै भारतीय सिनेमाको इतिहासमै सबैभन्दा ठूलो दोस्रो सप्ताहन्त कमाइको रेकर्ड बनाएको छ । मंगलबार फिल्मले २७ करोड रुपैयाँ नेट कमायो, जुन सोमबारको तुलनामा झण्डै १० प्रतिशतले बढी हो । यससँगै रणवीर सिंह अभिनित यो फिल्मले भारतमा ८९९ करोड रुपैयाँ नेट (१०८५ करोड रुपैयाँ ग्रस) कमाइ पुर्‍याएको छ । बुधबार बिहानका शोसँगै फिल्मले ९०० करोड रुपैयाँको आँकडा पार गरेको छ ।

विदेशी बजारमा पनि फिल्मको प्रभाव उत्तिकै ठूलो देखिएको छ । सुरुआतमा नै ७ मिलियन डलरको ओपनिङ लिँदै पहिलो सप्ताहन्तमा २२ मिलियन डलरभन्दा बढी कमाइ गरेको थियो । बीचका दिनमा केही गिरावट आए पनि दोस्रो सप्ताहन्तमा फेरि गति समातेको छ ।

मंगलबार मात्रै ‘धुरन्धर २’ले विदेशमा करिब १ मिलियन डलर थप्दै कुल अन्तर्राष्ट्रिय कमाइ ३८.४ मिलियन डलर पुर्‍याएको छ । अहिले यो फिल्म उत्तर अमेरिका लगायत धेरै विदेशी बजारमा सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ, जहाँ यसले ‘बाहुबली २’को ९ वर्ष पुरानो रेकर्ड तोडेको छ ।

‘धुरन्धर २’को विश्वव्यापी कमाइ अहिले १४३५ करोड भारु (ग्रस) पुगेको छ । चीनमा रिलिज नभई कुनै पनि हिन्दी फिल्मले अहिलेसम्म यस्तो उपलब्धि हासिल गर्न सकेको थिएन । यसअघि आमिर खानको ‘दंगल’ले सन् २०१७ मा यो आँकडा पार गरेको थियो, तर त्यसमा चीन बजारबाट मात्रै करिब २३५ मिलियन डलर (झण्डै १३०० करोड रुपैयाँ) कमाइको ठूलो योगदान थियो ।

रणवीर सिंहसँगै ‘धुरन्धर २’मा आर माधवन, अर्जुन रामपाल, संजय दत्त, सारा अर्जुन र राकेश बेदी पनि पुनः देखिएका छन् । आदित्य धर निर्देशित यो स्पाइ थ्रिलर मार्च १९ मा रिलिज भएको हो ।

यसअघि ‘धुरन्धर’को पहिलो भागले विश्वभर १३०० करोड भारु कमाइ गरेको थियो र डिसेम्बरमा रिलिज भएयता तीन महिनासम्म हलमा प्रदर्शन जारी नै छ । यसको सिक्वेल भने २००० करोड रुपैयाँ पार गर्ने लक्ष्यसहित अघि बढिरहेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?