News Summary
Generated by OK AI. Editorially reviewed.- विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी नेपाल आएका छन् ।
- नासिरलाई राष्ट्रिय किक बक्सिङ संघ नेपालका पदाधिकारी र खेलाडीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
- सात प्रदेश र तीन विभागीय टोलीका करिब २०० प्रशिक्षक, खेलाडी र निर्णायक सहभागी किकबक्सिङ डेभलप्मेन्ट कोर्स बुधबारदेखि सुरु भएको छ ।
१८ चैत, काठमाडौं । विश्व किक बक्सिङ महासंघका उपाध्यक्ष नासिर नासिरी बुधबार नेपाल आएका छन् । राष्ट्रिय किक बक्सिङ संघ नेपालद्वारा आयोजित किकबक्सिङ डेभलोप्मेन्ट कोर्सका लागि नासिर नेपाल आएका हुन् ।
नासिरलाई संघका संस्थापक मध्येका एक दीपक श्रेष्ठ, संघका पदाधिकारी, खेलाडी, प्रशिक्षक, निर्णायकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
बुधबारै सुरु भएको कोर्समा सात प्रदेश र ३ विभागीय टोली (नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ) का प्रशिक्षक खेलाडी र निर्णायक गरी करिब २ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
शनिबारसम्म चल्ने कोर्सको औपचारिक उद्घाटन बिहीबार हुनेछ । सेमिनार भने कालीमाटीस्थित कालिमाटी बैंक्युटमा हुनेछ ।
प्रतिक्रिया 4