+
+
Shares

दुई मनी चेन्जरको लाइसेन्स खारेज

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १२:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले विराटनगरस्थित अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको लाइसेन्स रद्द गरेको छ।
  • दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ।
  • मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) अनुसार लाइसेन्स रद्द गरिएको हो।

२० चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनी चेन्जरको लाइसेन्स रद्द गरेको छ । केन्द्रीय बैंकले अमृत लक्ष्मी मनी चेन्जर प्रा.लि र सुपर फाइन मनी चेन्जर प्रा.लिको अनुमतिपत्र खारेज गरेको हो ।

मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१५ मा रहेका दुबै कम्पनीले अनुमतिपत्र समयमा नवीकरण नगरेपछि बैंकले खारेज गरेको जनाएको छ ।

बैंकका अनुसार मनी चेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको हो । नियमावली अनुसार मनी चेन्जर कम्पनीले म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?