News Summary
Generated by OK AI. Editorially reviewed.- गट माइक्रोबायोमले सेक्स हार्मोनहरूको उत्पादन, पाचन र सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ र खराब गट हेल्थले यौन जीवनमा असर गर्छ।
राम्रो पाचन र सन्तुलित मेटाबोलिज्म केवल ऊर्जा र रोगप्रतिरोधि क्षमता बढाउन मात्र सीमित हुँदैनन् । मेटाबोलिज्म भनेको शरीरले खाना ऊर्जामा परिवर्तन गर्ने र त्यसलाई प्रयोग गर्ने प्रक्रिया हो । यही प्रक्रियाले शरीरले कति छिटो काम गर्छ, हार्मोन कसरी सन्तुलित रहन्छन् र ऊर्जा कति कायम रहन्छ भन्ने निर्धारण गर्छ । यी दुवै कुराले यौन इच्छा, प्रदर्शन र सम्बन्धमा पनि गहिरो असर पार्छन् ।
वैज्ञानिक अध्ययनहरूले देखाएअनुसार, आन्द्राको स्वास्थ्य अर्थात ‘गट हेल्थ’ र यौन स्वास्थ्यबीच दुईतर्फी सम्बन्ध छ । आन्द्रामा रहेको करोडौं ब्याक्टेरिया ‘गट माइक्रोबायोम’ ले सेक्स हार्मोनहरू ‘टेस्टोस्टेरोन, एस्ट्रोजन, प्रोजेस्टेरोन’को उत्पादन, पाचन र सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्छ ।
यो सम्बन्धलाई ‘गट–सेक्स एक्सिस’ भनिन्छ । खराब गट हेल्थले हार्मोन असन्तुलन, सुन्निने समस्या र रक्तसञ्चार समस्या निम्त्याएर यौन जीवनलाई प्रत्यक्ष असर गर्छ ।
पाचन र मेटाबोलिज्मसँग जोडिएको यौन स्वास्थ्य
धेरै मानिसहरूले यौन स्वास्थ्यलाई केवल हार्मोन वा भावनात्मक सम्बन्धसँग जोड्छन्, तर वास्तविकता के हो भने शरीर एउटा प्रणाली जस्तै काम गर्छ । जब पाचन राम्रो हुन्छ र मेटाबोलिज्म सन्तुलित हुन्छ, शरीरले पोषक तत्व राम्रोसँग सोस्छ, हार्मोन सन्तुलित रहन्छन् र ऊर्जा कायम रहन्छ ।
तर एसिडिटी, पेट फुल्ने, कब्जियत, मधुमेह, मोटोपन वा थाइराइड जस्ता समस्याहरूले बिस्तारै यौन इच्छा, स्ट्यामिना, आत्मविश्वास र आराममा असर गर्न सक्छन् ।
स्वस्थ पाचन तन्त्रले जिंक, आइरन, म्याग्नेसियम र भिटामिन बी जस्ता आवश्यक पोषक तत्व उपलब्ध गराउँछ । यी सबै हार्मोन निर्माण, रक्तसञ्चार र नसाको कामका लागि आवश्यक हुन्छन्, जसले सेक्स इच्छा र प्रदर्शनमा महत्वपूर्ण भूमिका खेल्छ ।
गट माइक्रोबायोमले ‘एस्ट्रोबोलोम’ नामक विशेष ब्याक्टेरिया मार्फत एस्ट्रोजनलाई सक्रिय बनाउँछ र टेस्टोस्टेरोनको चयापचय पनि नियन्त्रण गर्छ । गट डिस्बायोसिसले टेस्टोस्टेरोन कम भएर पुरुषमा इरेक्टाइल डिसफंक्शन र महिलामा कम उत्तेजना निम्त्याउन सक्छ ।
मेटाबोलिज्म र यौन स्वास्थ्य
मेटाबोलिज्म भनेको शरीरको ऊर्जा उत्पादन र प्रयोग गर्ने प्रक्रिया हो । मोटोपन, इन्सुलिन रेसिस्टेन्स, मधुमेह र थाइराइड समस्याहरूले सिधै यौन स्वास्थ्यमा असर गर्छन् ।
ब्लड सुगर बढ्दा नसाहरू र रक्तनलीहरूमा क्षति पुग्न सक्छ, जसले पुरुषमा इरेक्टाइल डिसफंक्शन, महिलामा ड्राइनेस वा कम उत्तेजना जस्ता समस्या निम्त्याउन सक्छ । मधुमेह भएका पुरुषमा उत्तेजनाको जोखिम सामान्यभन्दा २–३ गुणा बढी हुन्छ र ३५–९० प्रतिशतसम्म प्रभावित हुने गरेको अध्ययनले देखाएको छ ।
खराब मेटाबोलिज्मले थकान बढाउँछ र स्ट्यामिना घटाउँछ, जसले गर्दा अन्तरंग रमाइलो भन्दा बोझ जस्तो महसुस हुन सक्छ । यसबाहेक, गट ब्याक्टेरियाले उत्पादन गर्ने ‘सर्ट चेन फ्याटी’ एसिडले रक्तसञ्चार सुधार्छ, सूजन कम गर्छ र इन्सुलिन संवेदनशीलता बढाउँछ । जसले यौन उत्तेजना र प्रदर्शनलाई प्रत्यक्ष सहयोग गर्छ ।
हार्मोन र रक्तसञ्चारको भूमिका
एस्ट्रोजन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन जस्ता हार्मोनहरूले सेक्स इच्छा, मूड, लुब्रिकेशन र इरेक्शनमा असर गर्छन् । जब पाचन र मेटाबोलिज्म राम्रो हुन्छ, हार्मोन सन्तुलित हुन्छ र रक्तसञ्चार राम्रो हुन्छ । राम्रो ब्लड फ्लो नै उत्तेजना र संवेदनशीलताका लागि आवश्यक हुन्छ ।
गट डिस्बायोसिसले सूजन बढाएर रक्तनलीहरूलाई क्षति पुर्याउँछ र नाइट्रिक अक्साइडको उत्पादन घटाउँछ । यो कम उत्तेजनाको मुख्य कारण हो । महिलामा यसले हार्मोन असन्तुलनबाट पिसिओस् जस्ता समस्या निम्त्याएर यौन इच्छा घटाउँछ ।
मानसिक स्वास्थ्य र ऊर्जा
गट हेल्थ र दिमागबीच सिधा सम्बन्ध हुन्छ, जसलाई ‘गट–ब्रेन कनेक्शन’ भनिन्छ । आन्द्रामा शरीरको ९०–९५ प्रतिशत सेरोटोनिन ‘ह्याप्पीनेस हार्मोन’ उत्पादन हुन्छ । खराब पाचनले चिन्ता, चिडचिडापन र मुड बिर्गान सक्छ, जसले यौन इच्छा घटाउँछ ।
अध्ययनहरूले देखाएका छन् कि ‘लो सेक्सुअल डिजायर’ भएका महिलामा गट माइक्रोबायोममा विशेष परिवर्तन देखिन्छ र प्रोबायोटिक्सले सेक्सुअल फंक्शन स्कोर सुधार गरेको छ ।
गट हेल्थ सुधारेर यौन जीवन कसरी राम्रो बनाउने ?
पर्याप्त पानी पिउने
दिनमा कम्तीमा २.५ देखि ३ लिटर पानी पिउनुपर्छ । यसले कब्जियत र थकान कम गर्छ र रक्तसञ्चार सुधार्छ ।
चिनी र प्रशोधित खाना कम गर्नुपर्छ
यस खालका खानेकुराले गट ब्याक्टेरिया बिगार्छन् र ब्लड सुगर असन्तुलित बनाउँछन् ।
प्रोबायोटिक्स र प्रिबायोटिक्स खानुपर्छ
दही, अचार, किम्ची जस्ता फर्मेन्टेड खाना गट हेल्थका लागि राम्रो हुन्छ । प्रोबायोटिक्सले महिलामा सेक्सुअल डिजायर, उत्तेजना र सन्तुष्टि बढाउँछन्, पुरुषमा शुक्रकीटबझ गुणस्तरमा सुधार आउँछ र टेस्टोस्टेरोन बढाउन मद्दत गर्छन् ।
उच्च फाइबरयुक्त नेपाली खाना
दाल, सागपात, साबुत अन्न, केरा, लसुन, प्याज जस्ता फाइबरयुक्त खानेकुराले गट हेल्थ र मेटाबोलिज्म दुवै राम्रो बनाउँछ ।
नियमित व्यायाम
हिँडाइ, योग वा जिमले मेटाबोलिज्म र रक्तसञ्चार दुवै सुधार्छ ।
तनाव कम गर्ने
योग, ध्यान, सास अभ्यास वा ७–८ घण्टा निद्रा । तनावले गट ब्याक्टेरिया बिगार्छ ।
धूम्रपान र धेरै मदिरा सेवन नगर्ने
यिनले गट लाइनिङ र हार्मोन दुवैलाई क्षति पुर्याउँछन् ।
प्रतिक्रिया 4