+
+
Shares

यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ : मन्त्री गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्ने बताइन्।
  • उनले संसदलाई जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र परिणाममुखी बनाउन नयाँ र अनुभवी सांसदहरूको उपस्थिति रहेको उल्लेख गरिन्।
  • गौतमले लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुने र बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्ने बताइन्।

२२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने बताएकी छिन् ।

नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसद्मा रहेको बताउँदै उनले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभएको जिकिर गरिन् ।

प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने क्रममा उनले बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउने बताइन् ।

‘यसपटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ; यो संसद जनताको मुद्दामा केन्द्रित, समाधान उन्मुख र स्पष्ट रूपमा परिणाममुखी बन्नैपर्छ,’ मन्त्री गौतमले भनिन्, ‘यहाँ नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति छ, जसले मिलेर संसदलाई अझ परिपक्व बनाउन सक्छ ।’

यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्ने उनको भनाइ थियो ।

‘तर हामीले बुझ्नैपर्छ कि लोकतन्त्र केवल भाषण र बहसले होइन, परिणामले बलियो हुन्छ । स्वस्थ बहस आवश्यक छ, तर बहस केवल बहसमै सीमित रह्यो भने यसले जनताको विश्वास कमजोर बनाउँछ,’ सांसद गौतमले भनिन्, ‘त्यसैले यसपटकको बहस अर्थपूर्ण, उत्तरदायी र परिणाम दिने हुनुपर्छ, ताकि संसद जनताको अपेक्षाको साँचो प्रतिविम्ब बन्न सकोस् ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?