+
+
Shares

अब सेयर कारोबार सातामा ४ दिन मात्रै !

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २२ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आइतबार सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेपछि सेयर बजार सातामा चार दिन मात्रै खुल्ने भएको छ।
  • नेप्सेका एक उच्च अधिकारीले भने, 'सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा छलफल हुनेछ।'
  • सरकारको निर्णय अनुसार शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएकोले शुक्रबार बजार खोल्न नेप्से सञ्चालक समितिले छुट्टै निर्णय गर्नुपर्नेछ।

२२ चैत, काठमाडौं । अब सेयर बजार सातामा ४ दिन मात्रै खुल्ने भएको छ । सरकारले आइतबार पनि सरकारी कार्यालयलाई विदा दिने निर्णय गरेसँगै बजार प्रभावित हुने भएको हो । यद्यपि शुक्रबार पनि बजार खोल्ने निर्णय गर्न सकिने नेप्सेका एक उच्च अधिकारीले बताए ।

‘सरकारले विदा दिएपछि आइतबार बजार बन्द नै हुन्छ, तर शुक्रबार बजार खोल्न सकिनेबारे सञ्चालक समितिमा छलफल हुनेछ’ ती अधिकारीले भने ‘विगतमा पनि शुक्रबार बजार खोलेर आइतबार बन्द गरिएको उदाहरण छ ।’

यसअघि २०७९ जेठ १ देखि सरकारले शनिबार र आइतबार सरकारी संस्थालाई विदा घोषणा गरेपछि नेप्सेले शुक्रबार पनि बजार सञ्चालन गरेको थियो । त्यतिबेला शनिबार र आइतबार बजार बन्द गरी सातामा ५ दिन नै सञ्चालन भएको थियो । यद्यपि सरकारले केही सातामै निर्णय फिर्ता गरेपछि शुक्रबारको साटो आइतबार नै कारोबार हुने गरी निर्णय भएको थियो ।

हाल शुक्रबार र शनिबार बजार बन्द रहँदै आएको छ । सरकारको नयाँ निर्णयले तत्काललाई शुक्रबार, शनिबार र आइतबार बजार बन्द हुने भएको हो । शुक्रबार बजार खोल्नका लागि अब नेप्से सञ्चालक समितिले छुट्टै निर्णय गर्नुपर्नेछ ।

पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजताका कारण शनिबारसँगै आइतबार पनि सरकारी संस्था विदा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?