News Summary
Generated by OK AI. Editorially reviewed.- आरजी क्रिएसन्सले नेपाली विवाह र भोज स्थललाई परम्परा र आधुनिकताको संयोजनमा 'अनुभव' निर्माण गर्ने स्थलमा रूपान्तरण गरेको छ।
- कम्पनीको डिजाइन दर्शन सौन्दर्य, कार्यक्षमता र सांस्कृतिक सुसंगतिमा आधारित छ र यसले पाँचतारे होटलभन्दा व्यांक्वेटलाई प्राथमिकता दिएको छ।
- आरजी क्रिएसन्सले नेपालका प्रमुख शहरहरूमा सेवा विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा पनि प्रवेश गरेको छ र पुराना पार्टी प्यालेसहरूलाई रिनोभेट गर्दै नयाँ जीवन दिएको छ।
काठमाडौं । दुई दशकअघिसम्म नेपाली विवाह वा भोजको दृश्य प्राय: एउटै हुन्थ्यो– खुला चौर वा विद्यालयको प्राङ्गणमा लहरै बस्ने, टपरीमा खाने । समयसँगै यो दृश्य क्रमश: बदलिँदै गयो । कर्कटपाताले छाएका टहरा, रंगीन बत्ती र कपडाको सजावटसहितका अस्थायी संरचनाले केही समय ‘आधुनिकता’को अनुभूति दिए । त्यसपछि फलामका कुर्सीमा कपडाको खोल लगाइएका, अलि व्यवस्थित ‘पार्टी प्यालेस’हरू देखा पर्न थाले ।
तर पछिल्लो पाँच वर्षमा आएको परिवर्तन भने गुणात्मक र व्यापक छ । कुनै तारे होटलको झल्को दिन्छन् । आजका विवाह, पार्टी वा कुनै पनि विशेष समारोह केवल जमघट होइनन्, ती ‘अनुभूति’ सिर्जना गर्ने स्थलमा रूपान्तरित भएका छन् । यस रूपान्तरणको केन्द्रमा छ– आरजी क्रिएसन्स आर्किटेक्ट एण्ड इन्जिनियरिङ ।
परम्पराको वैभव, आधुनिकताको संयोजन
कम्पनीका कार्यकारी अध्यक्ष राम गिरीका अनुसार, परिवर्तनको सुरुवात एउटा सरल तर गहिरो प्रश्नबाट भयो– हाम्रा परम्परा यति समृद्ध छन् भने, उत्सव स्थल किन साधारण हुने ? त्यसैले उनको नेतृत्वमा आरजी क्रिएसन्सले ‘भवन’ निर्माणभन्दा पर गएर ‘अनुभव’ निर्माणमा जोड दियो । ‘पहिले पार्टी प्यालेस भनेको मान्छे अट्ने ठूलो हल मात्रलाई चिनिन्थ्यो,’ गिरी भन्छन्, ‘हामीले त्यसलाई एउटा सुन्दर, भव्य, आकर्षक, सुरक्षित र सहज व्यवस्थापनको समन्वय भएको सम्पूर्ण अनुभवमा रूपान्तरण गर्न खोज्यौं ।’
उनका अनुसार, विगत दशकमा पाँचतारे होटलमा हुने कार्यक्रमहरूलाई समेत व्यांक्वेटतर्फ आकर्षित गराउन कम्पनी सफल भएको छ । अहिले ‘पार्टी’ भन्नेबित्तिकै धेरैको मानसपटलमा ‘व्यांक्वेट’ नै आउनु, यही परिवर्तनको संकेत हो ।
‘तीन खम्बे’ डिजाइन दर्शन
आरजी क्रिएसन्सको डिजाइन दर्शन तीन मुख्य आधारमा टेकेको छ– सौन्दर्य, कार्यक्षमता र सांस्कृतिक सुसंगति ।
कम्पनीले निर्माण गर्ने भेन्यूहरूमा शास्त्रीय भव्यता र नेपालीपनको संयोजन देखिन्छ । कतिपय डिजाइनले दरबारको झल्को दिन्छन् भने, केहीले आधुनिकतालाई आत्मसात गर्छन् । तर, सबैमा साझा तत्व भनेको पाहुनाको सहज आवागमन, सुरक्षा, वातावरणमैत्री सामग्रीको प्रयोग, वैज्ञानिक भान्सा व्यवस्थापन, पर्याप्त पार्किङ र सांस्कृतिक मान्यताको सम्मान हो ।
‘हामी संरचनाको डिजाइन मात्र दिँदैनौं, सपनालाई आकार रुप दिन्छौं,’ गिरी भन्छन् ।
बहुविषयगत दक्षता
कम्पनीमा स्ट्रक्चरल इन्जिनियरिङदेखि इन्टेरियर डिजाइन, लाइटिङ, साउन्ड, कलर साइन्स र मटेरियल क्वालिटीसम्मका छुट्टाछुट्टै विशेषज्ञ टोली कार्यरत छन् । प्रत्येक प्रोजेक्टका लागि ‘युनिक कन्सेप्ट’ विकास गर्ने अभ्यासले नै कम्पनीलाई बजारमा अलग पहिचान दिलाएको छ ।
गिरीका अनुसार कुनै पनि भेन्यूको सफलता त्यसमा कति नयाँ कन्सेप्ट र कन्टेन्ट थप्न सकिन्छ भन्नेमा निर्भर हुन्छ । यही कारण कम्पनीले आफ्ना इन्जिनियरहरूलाई विदेशमा तालिम लिन पठाएर अद्यावधिक ज्ञान र सीप भित्राउने व्यवस्था गरेको उनी बताउँछन् ।
स्वदेशदेखि विदेशसम्म सेवा
सोसल मिडियाको प्रभावले अहिले भेन्यूहरूको डिजाइनमा नयाँ आयाम थपेको छ । ‘आज कुनै पनि भेन्यू फोटोजेनिक हुनु अनिवार्य छ,’ गिरी भन्छन्, ‘भेन्यू आफैंमा एउटा विज्ञापन हो । यसैकारण हामीले कपी–पेस्ट डिजाइनको बाटो नअपनाई प्रत्येक प्रोजेक्टलाई अलग पहिचान दिने रणनीति अपनाएका छौं । एउटै शहरभित्र रहेका भेन्यूहरूबीच पनि डिजाइन, रंग संयोजन र थीममा स्पष्ट भिन्नता देखिने उनी बताउँछन् ।
‘हामी डिजाइन दोहोर्याउँदैनौं, प्रत्येक भेन्यूलाई उसको छुट्टै पहिचान, भव्यता र विशेषतासहित निर्माण गर्छौं,’ गिरी दाबी गर्छन् ।
काठमाडौं उपत्यकाभित्र रामबाग महल, म्याजेस्टिक ग्रान्ड, हर्ष बाटिका, मण्डला मोमेन्ट, संगम बाटिका, उत्सव कुञ्ज, पिकलो दरबार, ताज रिसेप्सनजस्ता भेन्यूहरू आरजी क्रियसन्सले डिजाइन गरेका प्रतिनिधि परियोजनाहरु हुन् ।

काठमाडौंको बालुवाटारमा केन्द्रीय कार्यालय रहेको कम्पनीले नेपालका प्रमुख शहरहरू पोखरा, चितवन, बुटवल, इटहरी, धरानमा पनि आफ्नो डिजाइनमार्फत नयाँ मापदण्ड स्थापित गरेको दाबी गर्छ । अन्तर्राष्ट्रिय बजारतर्फ अष्ट्रेलिया, भारत र चीनमा पनि सेवा विस्तार भइरहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी, रात्रिकालीन आतिथ्य क्षेत्रमा दरबारमार्गस्थित डेजाभु डिस्कोथेक, भिक्ट्री लाउञ्ज तथा ठमेलका फूलमून क्याफे, फेसेस लाउञ्ज, रकर्स म्याजिकजस्ता आउटलेटहरू पनि कम्पनीकै डिजाइनमा लगानीकर्तालाई हस्तान्तरण गरिएको छ ।
‘ल्यान्डमार्क’ निर्माणको दाबी
आरजी क्रिएसन्सले परियोजनाको सम्पूर्ण चक्र (कन्सेप्ट विकासदेखि डिजाइन, निर्माण र सञ्चालन व्यवस्थापनसम्म) मा एकीकृत सेवा प्रदान गर्दै आएको छ । लगानीकर्ताको बजेट र भू–बनोटअनुसार सामग्री छनोट गरिन्छ ।

आरजी क्रिएसन्सले केवल नयाँ संरचनाको डिजाइन मात्र बनाउँदैन, पुराना र ‘आउटडेटेड’ पार्टी प्यालेसहरूलाई आधुनिक स्वरूपमा ‘रिनोभेट’ गरेर नयाँ जीवन दिँदै आएको छ । जग्गा छनोटदेखि कन्सेप्ट निर्माण, डिजाइन, सञ्चालन र व्यवस्थापनसम्मको सेवा कम्पनीले प्रदान गर्दछ ।
नेपालमा उपलब्ध हुने सामग्री सिधै कारखानाबाट र अन्य विशेष सामग्री विदेशबाट कस्टमाइज गरेर आयात गरिने हुँदा निर्माण लागतसमेत कम पर्ने कम्पनीको दाबी छ ।
नेपाली उत्सव संस्कृतिमा आएको पछिल्लो परिवर्तन केवल भौतिक संरचनाको विकास मात्र होइन, सामाजिक व्यवहार र सौन्दर्यबोधको विस्तार पनि हो । आर्किटेक्चर, प्रविधि र संस्कृतिको फ्युजनसहितको ‘अनुभूति’तर्फको यो यात्राको एक सफल उदाहरण हो आरजी क्रिएसन्स ।
यसले देखाएको बाटोले अब नेपाली उत्सवहरू केवल मनाउने होइन, ‘अनुभव गर्ने’ माध्यमका रूपमा पनि स्थापित हुँदै गइरहेका छन् ।
प्रतिक्रिया 4