+
+
Shares

संसदीय समितिका चार सभापतिले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १२:२०

२५ चैत, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतका चार वटा संसदीय समितिका सभापतिले शपथ लिएका छन् ।

सिंहदरवारमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

समिति सभापतिको निर्वाचन मंगलबार भएको थियो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको सभापतिमा कृष्ण प्रसाद पौडेल, विधायन व्यवस्थापन समितिको सभापतिमा कृष्ण बहादुर रोकाया, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्ती देवी राई निर्विरोध निर्वाचित भएका छन् ।

बुधबार चारै जना नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?