+

प्रीति राईले कम्बोडियाको क्लबबाट खेल्ने

२०८२ चैत  २५ गते १४:३९ २०८२ चैत २५ गते १४:३९
प्रीति राईले कम्बोडियाको क्लबबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिडफिल्डर प्रीति राई कम्बोडियाको प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन् ।
  • प्रीतिले भारतको किकस्टार्ट एफसी र जोर्डनको इतिहाद क्लबबाट अन्तर्राष्ट्रिय अनुभव बटुलेकी छन् ।
  • प्रीतिले २०२१ मा १६ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी थिइन् ।

२५ चैत, काठमाडौं । नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राई कम्बोडियाको क्लब प्रेह खान रिच स्वाय रिएङ वुमन्स एफसीमा अनुबन्धित भएकी छन्।

क्लबले फेसबुकमार्फत उनको तस्बिर सार्वजनिक गर्दै स्वागत गरेको छ । उनले क्लबसँग औपचारिक सम्झौता गरिसकेकी छन् ।

प्रीतिले यसअघि जोर्डनको इतिहाद क्लबबाट खेलेकी थिइन् । त्यसअघि सन् २०२३ मा उनले भारतको किकस्टार्ट एफसीमा खेलेर अन्तर्राष्ट्रिय अनुभव बटुलेकी थिइन् ।

कम उमेरमै आफ्नो खेलकुद यात्रामा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएकी प्रीतिले घरेलु टोली एपीएफ क्लबबाट करिअर सुरु गरेकी थिइन् ।

प्रीतिले २०२१ मा मात्र १६ वर्षको उमेरमा नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेकी थिइन् ।

प्रीति राई

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय