News Summary
Generated by OK AI. Editorially reviewed.- मधेश प्रदेशले पीएम कप क्रिकेट खेलमा गण्डकी प्रदेशलाई डीएल पद्धतिअनुसार १८ रनले हराएको छ ।
- मधेशले ३५ ओभरमा १७२ रन बनाएको थियो भने गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो ।
- यो जितसँगै मधेशले ६ खेलमा ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ भने गण्डकी आठौं स्थानमा छ ।
२५ चैत, काठमाडौं । मधेश प्रदेशले पीएम कप क्रिकेटमा चौथो जित हासिल गरेको छ । बुधबार वीरगञ्जमा वर्षाले प्रभावित गरेको खेलमा मधेशले गण्डकी प्रदेशलाई डीएल पद्धतिअनुसार १८ रनले हराएको हो ।
सुरुमा ५० ओभरकै खेल सुरु भएपनि वर्षा भएपछि ३५ ओभरमा घटाइएको थियो । ३५ ओभरमा मधेशले १७२ रनको योगफल बनाएको थियो । त्यसपछि गण्डकीले जवाफी ब्याटिङ थाल्दा फेरि पानी परेपछि २२ ओभरमा ९९ रनको लक्ष्य भएको थियो ।
गण्डकीले २२ ओभरमा ५ विकेट गुमाएर ८० रन मात्र बनाउन सक्यो । अर्जुन कुमालले अविजित ४९ रन बनाए । दीपक डुम्रेले १३ रन बनाए ।
मधेशका लागि विशाल पटेल, रन्जित कुमार, आशिक बैठा र आदिल आलमले १-१ विकेट लिए ।
त्यसअघि ३५ ओभरको खेलमा एक बल अगावै अलआउट भएर १७२ रनको योगफल बनाएको मधेशका लागि मयन यादवले सर्वाधिक ४३ रन बनाएको थियो । विशाल सुस्लिङ ४० रनमा अविजित रहे । कप्तान अनिल साहले ३६ रन बनाए भने विशाल पटेलले १८ रन बनाए ।
गण्डकीका अपराजित पौडेल र सुवास भण्डारीले ३-३ विकेट लिए भने अंकित न्यौपाने, सिब्रिन श्रेष्ठ, कमल परियार र सन्देश पन्थीले १-१ वकेट लिए ।
यो जितसँगै ६ खेलमा ९ अंक जोडेको मधेश तेस्रो स्थानमा उक्लिएको छ । ७ खेलमा ५ अंक भएको गण्डकी आठौं स्थानमा छ ।
प्रतिक्रिया 4