+
+
Shares

झम्सिखेलको कुटपिट घटनामा संलग्न ४ जना पक्राउ

काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ पर्नेहरूमा ३० वर्षका राजीव पन्त, २६ वर्षका रोहन पन्त, ३१ वर्षका विनोद पन्त र ३४ वर्षका अस्मित सिटौला छन्।
  • उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान जारी राखिएको छ।

२५ चैत, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेल सडकमा एक व्यक्तिमाथि हातपात गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । एक व्यक्तिमाथि युवाहरूको समूहले कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

सोही भिडियोको आधारमा प्रहरीले उनीहरूको पहिचान गरी पक्राउ गरेको हो । यो समूहले मंगलबार दिउँसो पौने २ बजेको समयमा ती व्यक्तिमाथि हातपात गरेको थियो ।

पक्राउ पर्ने चारै जना चन्द्रागिरि ८ का हुन् । प्रहरीका अनुसार ३० वर्षका राजीव पन्त, २६ वर्षका रोहन पन्त, ३१ वर्षका विनोद पन्त र ३४ वर्षका अस्मित सिटौला पक्राउ परेका हुन् ।

उनीहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार गर्न नहुने कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?