+
+
Shares

अपार्टमेन्ट भाडामा लिएर अनलाइन जुवा, तीन भारतीयसहित ९ जना पक्राउ

उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ कारोबार गरेको भेटिएको एसपी भट्टले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १८:३२

२५ चैत, काठमाडौं । ललितपुरमा अपार्टमेन्ट नै भाडामा लिएर अनलाइन जुवा खेलाउने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अनलाइन जुवा खेलाएको आरोपमा ९ जना पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक चेत यादव, आशिष शर्मा, रौनक सिंह र नेपाली नागरिक पूर्वी नवलपरासीका सुजन दुवाडी, तनहुँका निरोज राना, कास्कीका आशिष रेग्मी, दाङका हार्दिक पोखरेल, लमजुङका सुरेश पराजुली र डोटीका योगेन्द्र कुँवर छन् ।

उनीहरूलाई ललितपुरको हात्तिवनमा रहेको सिटी स्पेस अपार्टमेन्टबाट पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टले बताए ।

उनीहरूले ३१ करोड २४ लाख ३४ हजार ९२० रुपैयाँ कारोबार गरेको भेटिएको एसपी भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?