+
आईपीएल २०२६ :

राहुल र मिलरको शानदार ब्याटिङका बाबजुद गुजरातसँग दिल्ली १ रनले पराजित

२०८२ चैत  २५ गते २३:५९ २०८२ चैत २५ गते २३:५९
राहुल र मिलरको शानदार ब्याटिङका बाबजुद गुजरातसँग दिल्ली १ रनले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै आईपीएल २०२६ मा पहिलो जित हासिल गरेको छ ।
  • दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनाएको थियो, केएल राहुलले ९२ रन बनाए ।
  • गुजरातका कप्तान शुभमन गिलले ७० रन बनाए भने वासिङ्टन सुन्दर र जस बट्लरले अर्धशतक प्रहार गरे ।

२५ चैत, काठमाडौं । केएल राहुल र डेभिड शानदार ब्याटिङ गरेपनि पर्याप्त नहुँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा पहिलो हार बेहोरेको छ ।

बुधबार भएको खेलमा गुजरात टाइटन्सले दिल्लीलाई १ रनले हराउँदै पहिलो जित हासिल गरेको हो । गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०९ रन बनायो ।

राहुलले ११ चौका र ४ छक्का प्रहार गर्दै ५२ बलमा ९२ रन बनाएका थिए । १७औं ओभरको अन्तिम बलमा उनी आउट हुँदा दिल्लीलाई १८ बलमा ४५ रन आवश्यक थियो । त्यहाँबाट डेभिड मिलरले जितको नजिक पुर्‍याएका थिए ।

१८औं र १९औं ओभरमा कूल ३२ रन जोडेपछि दिल्लीका लागि ६ बलमा १३ रन आवश्यक थियो । अन्तिम ओभर बलिङ गर्नका लागि प्रसिध कृष्णा आएका थिए । मिलर भने नन स्ट्राइकमा थिए र विपराज निगम स्ट्राइकमा थिए ।

पहिलो बलमा विपराजले लङअफमा चौका प्रहार गरे । दोस्रो बलमा विपराज आउट भए । तेस्रो बलमा कुलदीप यादवले १ रन लिएर मिलरलाई स्ट्राइक दिए भने चौथो बलमा मिलरले छक्का प्रहार गरे ।

त्यसपछि २ बलमा २ रन आवश्यक थियो । मिलरले एक बल डट खेले भने अन्तिम बल पनि ब्याटले मिस गर्दा बाईको रन लिने प्रयासमा कुलदीप रनआउट भए । यसरी गुजरात १ रनले विजयी भयो ।

मिलर २० बलमा ४१ रनमा नटआउट रहे । त्यसअघि ‌ओपनर पथुम निसान्काले पनि ४१ रन बनाएका थिए । विपराजले १२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो । गुजरातका लागि तीन ब्याटरले अर्धशतक प्रहार गरे ।

ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ७० रन बनाए । ४५ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । यस्तै वासिङ्टन सुन्दरले ५५ तथा जस बट्लरले ५२ रन बनाए । ग्लेन फिलिप्स १४ रनमा नटआउट रहे ।

दिल्लीका लागि मुकेश कुमारले दुई विकेट लिँदा कुलदीप यादव र लुंगी एंगिडीले एक-एक विकेट हात पारे ।

पहिलो जितसँगै गुजरातले ३ खेलमा २ अंक जोडेको छ । पहिलो हार बेहोरेको दिल्लीको ३ खेलमा ४ अंक छ ।

आईपीएल क्रिकेट गुजरात टाइटन्स दिल्ली क्यापिटल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय