+

बसिरको ५ विकेट र विनोदको शतकमा आर्मीको अपराजित यात्रा कायमै

२०८२ चैत  २६ गते १४:२६ २०८२ चैत २६ गते १४:२६
बसिरको ५ विकेट र विनोदको शतकमा आर्मीको अपराजित यात्रा कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ ।
  • कप्तान विनोद भण्डारीले ७५ बलमा १०० रन बनाए भने बसिर अहमदले ९.१ ओभरमा ५ विकेट लिए ।
  • आर्मीले ७ खेलमा १३ अंक जोडेर शीर्षस्थानमा रहँदा सुदूरपश्चिम दोस्रो स्थानमा छ ।

२६ चैत, काठमाडौं । बलिङमा बसिर अहमदको ५ विकेट तथा ब्याटिङमा कप्तान विनोद भण्डारीले शतक बनाएपछि त्रिभुवन आर्मी क्लबले पीएम कप क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ ।

बिहीबार  जनकपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । सुदूरले दिएको १५१ रनको लक्ष्य आर्मीले २०.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कप्तान विनोदले ७५ बलमा १०० रनको शानदार इनिङ खेले । पीएम कपमा विनोदको यो चौथो शतक हो । यसका साथै उनी सर्वाधिक शतक बनाउने खेलाडी समेत बने ।

कुशल मल्ल २६ रनमा अविजित रहे भने भीम सार्कीले १६ रन बनाए । सुदूरका लागि शेर मल्लले २ विकेट लिँदा मिलन बोहराले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले ३८.१ ओभरमा अलआउट हुँदै १५० रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ६३ रन बनाए । अभिषेक पालले २४ रन बनाउँदा खडक बोहराले १३ अनि अशोक धामीले ११ रन बनाए ।

आर्मीका बसिरले ९.१ ओभरमा ३५ रन दिएर ५ विकेट लिए । शाहब आलम र नरेन साउदले २-२ विकेट लिँदा आकाश चन्दले १ विकेट लिए ।

आर्मीले पीएम कपमा छैटौं जित निकाल्दै  ७ खेलमा १३ अंक जोडेर शीर्षस्थानमा यथावत् छ । ७ खेलमा १० अंक भएको सुदूरपश्चिम दोस्रोमा यथावत् छ ।

त्रिभुवन आर्मी क्लब पीएम कप क्रिकेट सुदूरपश्चिम प्रदेश क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय