+

आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता चैत ३० देखि

२०८२ चैत  २६ गते १५:०० २०८२ चैत २६ गते १५:००
आईटीएफ एसिया यू–१२ टेनिस प्रतियोगिता चैत ३० देखि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा चैत ३० देखि वैशाख ४ गतेसम्म आईटीएफ एसिया यु–१२ टेनिस प्रतियोगिता सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने भएको छ।
  • प्रतियोगितामा बंगलादेशबाहेक ६ दक्षिण एसियाली राष्ट्रका ३३ खेलाडीले २ सिंगल्स र १ डबल्स विधामा प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिताको पहिलो र दोस्रो हुने २–२ टोलीले सन् २०२६ सेप्टेम्बर १५ देखि २० सम्म सिंगापुरमा हुने एसियाली फाइनलमा भाग लिनेछन्।

२६ चैत, काठमाडौं । नेपालमा चैत ३० देखि आईटीएफ एसिया यु–१२ टेनिस प्रतियोगिता हुने भएको छ । नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा आईटीएफ एसिया १२ एण्ड अन्डर टिम कम्पिटिसन तथा दक्षिण एसियाली क्षेत्रीय छनोट प्रतियोगिता हुन लागेको हो ।

वैशाख ४ गतेसम्म चल्ने प्रतियोगितामा बंगलादेशबाहेक ६ दक्षिण एसियाली राष्ट्रले सहभागिता जनाउने संघका अध्यक्ष मनोहर दास मुलले जानकारी दिए । उनकाअनुसार प्रतियोगितामा कूल ३३ जना खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । जसमा २ सिंगल्स र १ डबल्स विधामा प्रतिस्पर्धा हुनेछ ।

यो प्रतियोगितामा दुवैतर्फ पहिलो र दोस्रो हुने २–२ टोलीले सन् २०२६ सेप्टेम्बर १५ देखि २० सम्म सिंगापुरमा हुने एसियाली फाइनल प्रतियोगिता’ मा प्रतिस्पर्धा गर्न पाउने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिए ।

उक्त प्रतियोगितामा छात्रतर्फ आरित मल्ल, सभ्य जंग कार्की र सहंश बस्नेत तथा छात्रातर्फ सारा पन्त, आर्या पौडेल र नायरा सि घलेले नेपालको प्रतिनिधित्व गर्नेछन् । सूर्य भुषण बज्राचार्य छात्र र कान्छा खड्गे छात्रा टोलीको प्रशिक्षकको रुपमा रहनेछन् ।

नेपालले यो प्रतियोगिता पाँचौंपटक आयोजना गर्न लागेको हो । यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा नेपालमै आयोजना भएको थियो ।

आईटीएफ एसिया यू–१२ टेनिस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय