+

रोबर्टसनले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

२०८२ चैत  २७ गते १२:२७ २०८२ चैत २७ गते १२:२७
रोबर्टसनले सिजनको अन्त्यमा लिभरपुल छाड्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले सिजन सकिएपछि क्लब छाड्ने घोषणा गरेका छन् ।
  • रोबर्टसन सन् २०१७ मा लिभरपुल आएका थिए र ९ उपाधि जितेका छन् ।
  • नयाँ लेफ्ट–ब्याकको आगमनपछि रोबर्टसनको खेल्ने अवसर कम भएको थियो ।

२७ चैत, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका डिफेन्डर एन्डी रोबर्टसनले जारी सिजन सकिएपछि क्लब छाड्ने घोषणा गरेका छन् । उनको सम्झौता यही समरमा सकिँदैछ ।

३२ वर्षीय रोबर्टसन सन् २०१७ मा हल सिटीबाट लिभरपुल आएका थिए । उनले क्लबका लागि ३७३ खेल खेल्दै दुई प्रिमियर लिग र एक च्याम्पियन्स लिगसहित ९ उपाधि जितेका छन् ।

रोबर्टसनले क्लब छाड्ने निर्णय आफूका लागि सही समय भएको बताएका छन् । ‘यी ९ वर्ष म सधैं मुस्कानका साथ सम्झिनेछु’ उनले भने ।

नयाँ प्रशिक्षक आर्ने स्लटको आगमनपछि यस सिजनमा उनको खेल्ने अवसर कम भएको थियो। नयाँ लेफ्ट–ब्याक मिलोस केर्केज आएपछि रोबर्टसन धेरैजसो बेन्चमा बस्नुपरेको थियो ।

रोबर्टसनले भने, ‘यो क्लब र समर्थकहरूले मेरो लागि धेरै महत्व राख्छन् । अन्तिम दिनसम्म म आफ्नो शतप्रतिशत दिनेछु ।’

यसअघि नै टोलीका अर्का मुख्य खेलाडी मोहमद सालाहले पनि सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरिसकेका छन् ।

एन्डी रोबर्टसन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय