+
+
Shares

एउटै संसदीय समितिमा बसे ४ दलका प्रमुख नेता

राज्य व्यवस्था तथा सुशासन समिति २६ सदस्यीय छ । जसमा ४ सदस्य दलका प्रमुख नेता रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १२:०८

२९ चैत, काठमाडौं । चार पार्टीका प्रमुख एउटै संसदीय समितिमा बसेका छन् ।

गत शुक्रबार प्रतिनिधिसभाले १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिमा रहने सदस्यहरू तय गरेको थियो । त्यसक्रममा प्रमुख पार्टीका प्रमुखहरू राज्य व्यवस्था तथा सुशासन समितिमा बसेका हुन् ।

राज्य व्यवस्था तथा सुशासन समिति २६ सदस्यीय छ ।

यसको सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड छन् । यी दुवै जना विघटित प्रतिनिधिसभाको कार्यकालमा पनि यही समितिको सदस्य रहेका छन् ।

यसबाहेक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही पनि राज्य व्यवस्था तथा सुशासन समितिमै रहेका छन् ।

यसबाहेक समितिमा अफ्साना बानु, अमरेश कुमार सिंह, अर्जुननरसिंह के.सी., कमल सुबेदी, करिस्मा कठरिया, कविन्द्र बुर्लाकोटी, गजाला शमीम मिकरानी, गणेश कार्की, निश्कल राई, पद्माकुमारी अर्याल,  पुरुषोत्तम शुप्रभात यादव सदस्य रहेका छन् ।

सांसदहरू बिश्व राज पोखरेल, भीष्मराज आङ्देम्बे,  मोहम्मद इश्तियाक राई, युवराज दुलाल, रमेश प्रसाईं,  रवीन्द्र पटेल, राम लामा, रुबिना आचार्य, रेखा कुमारी यादव, विष्णुमाया बि.क., श्रद्धा कुवर क्षेत्री र हरि ढकाल राज्य व्यवस्था तथा सुशासन समिति सदस्य छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले आफ्नो अधिकारक्षेत्रका विषयमा कानुन निर्माण गर्नुका अतिरिक्त सरकारलाई सुशासन, शान्ति सुरक्षा, कानुनी शासनको स्थापना लगायत विभिन्‍न गतिविधिहरुमा आवश्यक सल्लाह, सुझाव तथा निर्देशन दिने अधिकार राख्दछ ।

सरकारलाई प्रतिनिधि सभाप्रति उत्तरदायी र जवाफदेही बनाउने अधिकार अन्तर्गत सरकारबाट भए गरेका काम कारवाहीको नियमित अनुगमन र मूल्यांकन गर्दै आएको छ ।

समितिको कार्यक्षेत्र अन्तर्गत देहायका निकायहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पर्दछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयोग र सम्बद्ध विषय तथा निकायको कामकारबाहीको नियमि अनुगमन र मूल्यांकन गर्ने कार्य राज्य व्यवस्था तथा सुशासन समितिको हो ।

यो समितिमा विगतमा पनि शीर्ष नेताहरू रहने गरेको पाइन्छ । यसपटक पनि प्रमुख दलका शीर्ष नेताहरू यही समतिमा बसेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?