News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुन र ५० तोला चाँदीका गरगहना रहेको पाइएको छ।
- उनको सम्पत्ति विवरण अनुसार काठमाडौंको सौखेलमा ७ आना जग्गा छ र स्रोतमा श्रीमान्, तलब र ऋण उल्लेख छ।
- मन्त्री मेहताको बैंक खातामा ७ लाख २३ हजार ५३५ र १० लाख रुपैयाँ छन् र २५ लाख रुपैयाँ मूल्यको ब्रान्ड आई१० गाडी छ।
२९ चैत, काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहतासँग ३० तोला सुनको गरगहना रहेको पाइएको छ ।
आइतबार सार्वजनिक सम्पत्ति विवरण अनुसार ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ ।
यसको स्रोत दाइजो, उपहार र आफैंले खरिद गरेको विवरणमा उल्लेख छ ।
मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा रहेको उल्लेख छ । यसको स्रोत श्रीमान् र आफ्नो तलबका साथै ऋण रहेको उल्लेख छ ।
मन्त्री मेहताको माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ, सानिमा बैंकमा १० लाख रुपैयाँ र २५ लाख रुपैयाँ हाराहारीको ब्रान्ड आई१० को एउटा गाडी रहेको छ । जुन गाडीको खरिद मूल्य २५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4