+
+
Shares

राष्ट्रिय सभा अध्यक्ष दाहाल इस्तानबुल प्रस्थान

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १२:३२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वमा प्रतिनिधिमण्डल १ वैशाखमा इस्तानबुल प्रस्थान गरेका छन्।
  • प्रतिनिधिमण्डलले २ देखि ६ वैशाखसम्म टर्कीको इस्तानबुलमा हुने अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुँदै मन्तव्य प्रस्तुत गर्नेछ।
  • अध्यक्ष दाहालले विभिन्न संसदका प्रमुखसँग द्विपक्षीय भेटघाट गर्ने र असंलग्न आन्दोलन संसदीय सञ्चालको पाँचौं सम्मेलनमा पनि मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ।

१ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका संघको १५२ औं महासभामा सहभागी हुन इस्तानबुल प्रस्थान गरेका छन् ।

टोलीमा राष्ट्रिय सभाका सदस्यहरू डा. अन्जान शाक्य र कृष्णबहादुर रोकाया पनि छन् । संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किस एअरलाइन्सको उडान मार्फत बिहान ७ बजे इस्तानबुल प्रस्थान गरेका हुन् ।

वैशाख २ गते देखि ०६ गतेसम्म टर्कीको इस्तानबुलमा आयोजना हुने महासभामा अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्नेछन् ।

साथै, विभिन्न संसदका प्रमुखहरूसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ ।

साथै असंलग्न आन्दोलन संसदीय सञ्चालको पाँचौं सम्मेलनमा पनि अध्यक्ष दाहालले मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ ।

अन्तर–व्यवस्थापिका संघका स्थायी समितिका कार्यक्रमहरूमा प्रतिनिधिमण्डलमा सम्मिलित सांसदहरू सहभागी हुनेछन् । भ्रमण सकेर प्रतिनिधिमण्डल यही वैशाख ८ गते फर्किने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?