+

विस्डे‍न २०२६ : मिचेल स्टार्क र दीप्ति शर्मा वर्षका उत्कृष्ट क्रिकेटर

२०८३ वैशाख  १ गते १८:३९ २०८३ वैशाख १ गते १८:३९
विस्डे‍न २०२६ : मिचेल स्टार्क र दीप्ति शर्मा वर्षका उत्कृष्ट क्रिकेटर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क पुरुषतर्फ र भारतकी अलराउन्डर दीप्ति शर्मा महिलातर्फ सन् २०२५ को उत्कृष्ट क्रिकेटर घोषित भएका छन्।
  • स्टार्कले टेस्ट क्रिकेटमा सबैभन्दा धेरै विकेट लिएर एसेज सिरिज जित्नमा महत्वपूर्ण भूमिका खेलेका थिए।
  • दीप्ति शर्माले भारतलाई घरेलु मैदानमा एकदिवसीय विश्वकप जिताउन ठूलो योगदान दिइन् र उत्कृष्ट टी–२० क्रिकेटर अभिषेक शर्मालाई घोषित गरिएको छ।

१ वैशाख, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क तथा भारतकी अलराउन्डर दीप्ति शर्मा ‘विस्डेन’द्वारा वर्षका उत्कृष्ट क्रिकेटर घोषित भएका छन् ।

स्टार्कलाई पुरुषतर्फ तथा दीप्तिलाई महिलातर्फ उत्कृष्ट क्रिकेटर घोषित गरिएको हो । सन् २०२५ को प्रदर्शनका आधारमा उक्त अवार्ड दिइएको हो ।

स्टार्कले टेस्ट क्रिकेटमा उत्कृष्ट बलिङ गर्दै सबैभन्दा धेरै विकेट लिएका थिए र एसेज सिरिज जित्नमा पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै, दीप्ति शर्माले भारतलाई घरेलु मैदानमा एकदिवसीय विश्वकप जिताउन ठूलो योगदान दिइन् । उनले प्रतियोगिताभर राम्रो ब्याटिङ र बलिङ गर्दै टोलीलाई सफलता दिलाइन् ।

यसैगरी शुभमन गिल, रविन्द्र जडेजा, ऋषभ पन्त र मोहम्मद सिराज ‘वर्षका उत्कृष्ट पाँच क्रिकेटर’मा परेका छन् भने अभिषेक शर्मालाई उत्कृष्ट टी–२० क्रिकेटर घोषित गरिएको छ ।

विस्डेनको अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय