News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिस सेन्ट जर्मेनले लिभरपुललाई दोस्रो लेगमा पनि २–० ले हराउँदै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
- पीएसजीले समग्रमा ४–० को सहज जित निकालेको छ र अब बायर्न म्युनिख र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
- ओस्मान डेम्बेले ७२औं मिनेटमा पहिलो गोल र इन्जुरी समयमा दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।
२ वैशाख, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लिभरपुललाई हराउँदै युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान बनाएको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पीएसजीले लिभरपुललाई २–० ले पराजित गर्दै समग्रमा ४–० को सहज जित निकालेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा ओस्मान डेम्बेले चम्किए । उनले ७२औं मिनेटमा पहिलो गोल गरे भने इन्जुरी समयमा दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले दबाब सिर्जना गरे पनि गोल गर्न सकेन । भीएआरले पेनाल्टी निर्णय उल्ट्याएपछि टोलीको पुनरागमनको सम्भावना झनै कमजोर बन्यो ।
समग्रमा ४–० ले जित निकालेसँगै पीएसजी सेमिफाइनलमा पुगेको छ । अब पीएसजीले सेमिफाइनलमा बायर्न म्युनिख र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया 4