News Summary
Generated by OK AI. Editorially reviewed.- कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी अभियुक्त ५४ वर्षीय बुरु रानालाई प्रहरीले पुनर्वास नगरपालिका–२ बाट पक्राउ गरेको छ।
- जिल्ला अदालतले २०६४ साल जेठ २० गते बुरु रानालाई बलात्कार मुद्दामा ३ वर्ष कैद सजाय सुनाएको थियो।
- उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको संयुक्त टोलीले पक्राउ गरेको जनाएको छ।
२ वैशाख, धनगढी । कञ्चनपुरमा १७ वर्षदेखि फरार जबरजस्तीकरणी सम्बन्धी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पुनर्वास नगरपालिका–२, अमरैया बस्ने ५४ वर्षीय बुरु (बिरा) राना रहेको प्रहरीले जनाएको छ ।
रानालाई जिल्ला अदालतले २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै ३ वर्ष कैद सजाय सुनाइएको थियो । तर, उनी त्यहीँ बेलादेखि फरार थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4