News Summary
Generated by OK AI. Editorially reviewed.- २२ वर्षीय भारतीय नागरिक अक्षय कुमारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आठ किलो ५६० ग्राम गाँजासहित पक्राउ गरिएको छ।
- उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए र विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो।
- पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ।
२ वैशाख, काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीबाट आठ किलो ५६० ग्राम गाँजा बरामद भएको छ । उनी थाई एअरको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । पक्राउ परेका उनीविरुद्ध लागु औषध नियन्त्रण ब्यूरोले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4