+

अर्जुन कुमाल पहिलोपटक समेट्दै लिग २ खेल्ने नेपाली टोली घोषणा, विनोदको पुनरागमन

२०८३ वैशाख  ४ गते १२:०८ २०८३ वैशाख ४ गते १२:०८
अर्जुन कुमाल पहिलोपटक समेट्दै लिग २ खेल्ने नेपाली टोली घोषणा, विनोदको पुनरागमन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले रोहित पौडेलको कप्तानीमा लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि १५ सदस्यीय ओडिआई टोली घोषणा गरेको छ।
  • अर्जुन कुमालले घरेलु क्रिकेटमा शानदार प्रदर्शनपछि राष्ट्रिय ओडिआई टोलीमा स्थान पाएका छन्।
  • विकेटकिपर ब्याटर विनोद भण्डारीले सन् २०२२ पछि पुनः नेपाली ओडिआई टोलीमा प्रवेश पाएका छन्।

४ वैशाख, काठमाडौं । नेपालमा हुने लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा ओडिआई टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विहान १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन कुमाल पनि परेका छन् भने विनोद भण्डारी पनि पुनरागमन गरेका छन् ।

घरेलु क्रिकेटदेखि उमेर समूहमा शानदार प्रदर्शन गर्दै आएपनि अर्जुन कुमाल राष्ट्रिय टोलीको क्याम्पमा पनि अटाएका थिएनन् । जारी पीएम कपमा पनि शानदार लय जारी राखेपछि उनी टिममा पर्नुपर्ने चर्चा हुँदै आएको थियो ।

यसअघि उनीमाथि उपेक्षा हुँदा क्यानको आलोचना समेत हुँदै आएको थियो तर अर्जुनले भने ब्याटबाटै जवाफ दिइरहेका थिए । उनै अर्जुन अब घरेलु ओडीआई शृंखलाका लागि नेपाली टोलीमा परेका छन् ।

यस्तै विकेटकिपर ब्याटर विनोद भण्डारीले पनि ओडीआई टिममा पुनरागमन गरेका छन् । उनले पछिल्लोपटक सन् २०२२ मा स्कटल्यान्डसँग खेलेका थिए ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, आरिफ शेख, विनोद भण्डारी, बसिर अहमद, नन्दन यादव, गुलशन झा, अर्जुन कुमाल,
सोमपाल कामी, सन्दीप लामिछाने, करण के सी, ललित राजवंशी

अर्जुन कुमाल नेपाली क्रिकेट टोली विनोद भण्डारी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय