+

‘काेहलपुर माइल’ २७ असारमा हुने

२०८३ वैशाख  ४ गते १९:३६ २०८३ वैशाख ४ गते १९:३६
‘काेहलपुर माइल’ २७ असारमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • असार २७ गते नेपालमा 'काेहलपुर माइल' वन ग्लाेबल माइल अन्तर्गत आयोजना हुने भएको छ।
  • वन ग्लाेबल माइल विश्वभर जुलाई ११ मा एकैपटक १.६०९ किलोमिटर दौड हुने महाअभियान हो।
  • नेपालगन्ज म्याराथन टिमले 'काेहलपुर माइल' को व्यवस्थापन गर्ने र यो नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ।

४ वैशाख, काठमाडौं । वन ग्लाेबल माइल अन्तर्गत असार २७ गते (जुलाई ११) मा नेपालमा ‘काेहलपुर माइल’ हुने भएको छ ।

हरेक वर्ष जुलाई ११ मा हुने वन ग्लाेबल माइल विश्वभर रनिङ संस्कृति प्रवर्द्धन गर्ने महाअभियान हाे । ‘एक माइल, एक दिन, एक विश्व ‘ नारासहित यश बर्ष दर्जन बढी देशमा एकैपटक एक माइल (१.६०९ किलोमिटर) दाैड हुन लागेको हाे ।

याे हरेक वर्ष जुलाई ११ मा हुनेछ । यसअन्तर्गत नेपालमा काेहलपुर माइल दाैड हुन लागेको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले बताए । डेढ किलोमिटरको राेड रेस भएकोले सबै उमेर समुहलाई सहभागितामा सहज हुनेछ ।

रेस नेपालकाे आयोजनामा हुने यस दाैडकाे व्यवस्थापन नेपालगन्ज म्याराथन टिमले गर्नेछ । अमेरिकाकाे न्युयोर्कस्थित ह्युडसन माइल विस्तार हुने क्रममा वन ग्लाेबल माइल बनेको हाे ।

वर्ल्ड रनिङकाे साझा संस्था एसाेसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले आधिकारिक प्रवर्द्धन गरेको वन ग्लाेबल माइल विश्वव्यापी गराउन ह्युड्सन माइलका सहसंस्थापक एवं रन बंग्लाका सिईओ जाेन बाेका र एम्स दुत एवं धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीको विशेष भुमिका रहेको रेस डाइरेक्टर गुरुङले बताए ।

काेहलपुर माइल पनि नेपालगन्ज म्याराथन सिरिज अन्तर्गत रहनेछ । यसमा यसअघि नै नेपालगन्ज १० म्युजिक नाइट रन, काठमाडौं२५के हेरिटेज रेस, कर्णाली हाफ म्याराथन, गाैघाट ग्रीन रन, राप्तीसाेनारी नेचर रन लगायत दाैड प्रतियोगिता सञ्चालनमा रहेका छन् ।

वन ग्लाेबल माइलमा सहभागी हुन एम्सकाे आवद्धता अपरिहार्य रहेकाे एम्स दुत टीएस ठकुरीले बताए ।

कोहलपुर माइल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय