+
+
WC Series
Nepal
120/8 (18.3)
VS
UAE
0/0
Shares

सल्यानमा आगलागी : चार घरगोठ जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
  • आगलागी मंगलबार दिउँसो करिब १:३० बजे ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट सुरु भएको प्रहरीले जनाएको छ।
  • प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी दिउँसो करिब ४:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ।

७ वैशाख, काठमाडौं । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० खानिगाउँमा आगलागी हुँदा चार घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।

मंगलबार दिउँसो करिब १:३० बजे ६५ वर्षीय तेजबहादुर पुनको गोठबाट सुरु भएको आगलागीले उनको गोठ पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ ।

आगो फैलिँदै जाँदा स्थानीय ४६ वर्षीय थमन घर्तीको दुई तले तीन कोठे खरले छाएको कच्ची घर, ३३ वर्षीय जीवन पुनको दुई तले चार कोठे कच्ची घर तथा ३० वर्षीय खुमबहादुर पुनको तीन तले चार कोठे कच्ची घर समेत जलेर नष्ट भएका छन् ।

प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी दिउँसो करिब ४:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ । घटनामा मानवीय तथा चौपायाको कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?