+
+
Shares

महालक्ष्मी विकास बैंकद्वारा युनियनपेसँगको सहकार्यमा क्यूआर भुक्तानी सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ८ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्कमार्फत युनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडको भुक्तानी स्वीकार गर्ने सुविधा सुरु गरेको छ।
  • यो सेवा युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा फोनपे मार्फत लागू गरिएको हो र नेपालभरि बैंकका क्यूआर मर्चेन्टहरूमा प्रयोग गर्न सकिनेछ।
  • यस सुविधाले चीन लगायतका देशबाट आउने पर्यटकलाई नगद बोक्नु पर्ने बाध्यता कम गर्ने र क्यूआर पूर्वाधारलाई प्रभावकारी बनाउने बैंकले बताएको छ।

८ वैशाख, काठमाडौं । महालक्ष्मी विकास बैंकले फोनपे क्यूआर मर्चेन्ट नेटवर्क मार्फत युनियनपे वालेट प्रयोगकर्ताबाट नेपालभित्रै क्यूआर कोडको भुक्तानी स्वीकार गर्ने सुविधा सुरुवात गरेको छ ।

ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले यो सेवा युनियनपे इन्टरनेसनलसँगको सहकार्यमा फोनपे मार्फत लागु गरेको हो ।

यस सुविधाको सुरुवातसँगै युनियनपे डिजिटल प्रयोगकर्ताले नेपालभरि रहेका महालक्ष्मी विकास बैंकका क्यूआर मर्चेन्टहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

विशेष गरी चीन लगायतका विभिन्न देशबाट नेपाल आउने पर्यटक यस सुविधाबाट लाभान्वित हुनेछन् भने यात्राको क्रममा नगद बोक्नु पर्ने बाध्यतालाई कम गर्नेछ ।

सन् २००२ मा स्थपना भएको युनियनपे विश्वका ठूला भुक्तानी सेवा प्रदायकमध्ये एक हो जसको ९.६ अर्ब भन्दा बढी कार्ड जारी भएका छन् भने १८० भन्दा बढी देश तथा क्षेत्रमा यसको स्वीकृति रहेको छ । यस सेवाको सुरुवातसँगै हाल नेपालमा प्रदान भइरहेको क्यूआर पुर्वाधार अझ प्रभावकारी हुने बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?