News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोली २२औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन जापान प्रस्थान गरेको छ ।
- अप्रिल २४ देखि २६, २०२६ सम्म ओसाका सहरस्थित ओहामा एरेनामा चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
१० वैशाख, काठमाडौं । २२औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली जापान प्रस्थान गरेको छ ।
यही अप्रिल २४ देखि २६, २०२६ सम्म जापानको ओसाका सहरस्थित ओहामा एरेनामा सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त डाँगी, राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य कुमार लामा घिसिङले नेपाली घरबाट विशेष कार्यक्रमका बीच विदाई गरेका थिए ।
च्याम्पियनसिपमा नेपालबाट लिटल बड स्कुलकी आरावी ग्यावालीले अन्डर ९ वर्ष, व्यक्तिगत पुम्से (महिला), होग आउ तेक्वान्दो डोजाङका विशेष चन्द्र गामीले अन्डर ११ वर्ष, व्यक्तिगत पुम्से (पुरुष), गोंगबु तेक्वान्दो डोजाङका श्रेयान कार्कीले अन्डर ११ वर्ष, व्यक्तिगत पुम्से (पुरुष) र आयुषा कार्कीले -४९ केजी, क्योरुगी (महिला) मा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीका मुख्य प्रशिक्षक सरोज तामाङ (गोंगबु तेक्वान्दो डोजाङ) रहेका छन् । उनी लिटल बड स्कुल कीर्तिपुर, त्याङलाफाँट, शाङ्ग्रिला स्कुल इमाडोल, ललितपुरसँग पनि आबद्ध छन् टोली व्यवस्थापकका रूपमा रुश्मा सुबेदी रहेकी छन् ।
प्रतिक्रिया 4