News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि प्रधानमन्त्री कार्यालयमा अध्यादेश फिर्ता गरिदिएका छन्।
- लामिछानेले अध्यादेशमा बहुमतको व्यवस्था व्याख्यासहित राखिएको बताए र बाँकी विषय बुझेर मात्र प्रतिक्रिया दिने बताएका छन्।
२० वैशाख, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता हुनुको कारणबारे आफूले बुझ्ने क्रममा रहेको प्रतिक्रिया दिएका छन् ।
आइतबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले बुझ्नै बाँकी रहेको बताए ।
आजै मात्र राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरिदिएका थिए । उनले पुनर्विचार गर्नू भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अध्यादेश फिर्ता गरिदिएका हुन् ।
‘मैले बुझ्दैछु । बुझ्नुपर्ला । के भन्नुभएको छ । त्यसमा बुझौंला । बुझेपछि मात्रै भनौंला,’ यसबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफका क्रममा उनले भने, ‘केही न केही त कारण राख्नुभएको होला, म बुझेर मात्रै प्रतिक्रिया दिन्छु ।’
उनले अध्यादेशमा राखिएको बहुमतको व्यवस्था व्याख्यासहित राखिएको पनि बताए । यद्यपि बाँकी विषय बुझेर मात्रै प्रतिक्रिया दिने सभापति लामिछानेको भनाइ थियो ।
प्रतिक्रिया 4